२१ जेष्ठ २०८३, बिहीबार

 

आदर्शले दियो दिवंगत सेयर सदस्यलाई राहत रकम 

आदर्श सञ्चार सहकारी बागलुङले शेयर सदस्यका परिवारका सदस्यको निधनमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम  हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. ३ कम्पुटोल निवासी संस्थाका शेयर सदस्य तथा शिक्षा उपसमितिका सदस्य हिमालय प्रकाश श्रेष्ठकी आमा नन्द कुमारी श्रेष्ठको निधनप्रति दुख व्यक्त गरिएको हो ।

संस्थाले १२ औं पूण्य तिथि पारेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवम् राहत रकम हस्तान्तरण गरेको हो ।   हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिईन् ।

संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्दै आएको छ । संस्थाका उपाध्यक्ष अञ्जु जिसी, सचिव प्रेम लामिछाने, कोषाध्यक्ष अनन्तबहादुर खड्का, लेखा संयोजक मिलन केसी, सञ्चालक शान्ति श्रेष्ठले स्वर्गीय नन्दकुमारी श्रेष्ठकी छोरी चयनदेवी श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरे ।

परिवारका तर्फबाट स्वर्गीय श्रेष्ठको जिवनीका बारेमा छोरी चयनदेवीले जानकारी गराईन् ।   आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसी र सांसद नरबहादुर थापाले शोक व्यक्त गर्दै स्वर्गीय श्रेष्ठले समाज रुपान्तरणमा गरेको योगदानका चर्चा गरे ।   श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung