१० कार्तिक २०८३, सोमबार

 

युएसले पहिलो परिक्षाको नतिजा प्रकाशन ग¥यो

युएस (युनिभर्सल सवलाईम) एकेडेमी बागलुङले पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालयमा अभिभावक भेला गरेर नतिजा प्रकाशन गरिएको प्रिन्सिपल दल थापाले जानकारी दिए ।

गत असार १५ देखि २५ गतेसम्म सञ्चालन भएको पहिलो परिक्षामा नर्सरीदेखि १० कक्षासम्मका ४ सय भन्दा बढी विद्यार्थी सहभागी थिए । कक्षागत तथा तहगत रुपमा प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष कुँवर र प्रिन्सिपल दल थापाले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । अतिरिक्त क्रियाकलापमा विजयी भएका तथा अनुशासित विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो । विक्रम संवत २०६० सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १० सम्मको पढाई हुँदै आएको छ ।

शैक्षिक सत्र २०७३ को एसईई परिक्षामा विद्यालयबाट १९ जना विद्यार्थी सहभागी भएकोमा एक जना एप्लस, ११ जना ए र ७ जना विप्लस ग्रेडमा उतिर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung