
ताराखोला गाउँपालिकाको वडा नम्बर–३ काँक्राखोरमा रहेको प्रगतिशिल युवा क्लवले तीजको अवसर पारेर विभिन्न कार्यक्रम गर्दैछ । क्लवको २४ औँ बार्षिकोत्सवको अवसरमा तीजगीत प्रतियोगिता सहित विभिन्न खेलकुद कार्यक्रम गर्ने तयारी गरिएको सचिब हेमन्त घिमिरेले जानकारी दिए ।
आगामी भदौ ८ गतेदेखि १३ गतेसम्म गर्ने तय भएको बार्षिकोत्सवमा तीजगीत प्रतियोगिता, साबिकको वडा स्तरिय पुरुष भलिवल, महिला लठोतान, घैँटोफोर प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् ।
बार्षिकोत्सब कार्यक्रमको उद्घाटन भदौ ८ गते ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले गर्ने क्लबका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए ।
कार्यक्रमको तयारीका लागि बैठक बसेर जिम्मेवारी बाँडफाँड गरिएको छ । कार्यक्रम सम्पन्न गर्न ४ लाख भन्दा बढी लाग्ने अनुमान गर्दै आर्थिक व्यवस्थापनमा लाग्ने निर्णय भएको सचिव घिमिरेले जानकारी दिए ।