९ कार्तिक २०८३, आईतवार

 

नि:शुल्क सिम पाएपछि दुर्गममा खुसियाली

- टेलिकम बागलुङले पश्चिममा ११ सय सिम बाँड्यो

नेपाल टेलिकम बागलुङले पश्चिमका तमानखोला र निसीखोला गाउँपालिकामा निःशुल्क सिमकार्ड बाँडेको छ ।

यस अघि दुवै गाउँपालिकामा सञ्चार सेवा नपुगेको ठाउँमा टेलिकमको जिएसएम नमस्ते मोवाईलको टावर राखिएको थियो ।

दुर्गममा टावर सेवा विस्तार भएपछि त्यहाँका नागरिकलाई सर्वसुलम सुविधा दिन नि:शुल्क सिम बाँडिएको टेलिकम बागलुङका प्रमुख ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

केशब शर्मा
प्रमुख
टेलिकम बागलुङ

दुर्गम क्षेत्रका उपभोक्तालाई सञ्चार सेवा सजिलै पु¥याउन १ हजार १ सय थान सिम कार्ड वितरण गरिएको हो ।

‘बर्षातको समय छ, सिम निकाल्न सदरमुकामसम्म आउन दुर्गमका नागरिकलाई कठिन हुन्छ’, शर्माले भने, ‘घरदैलोमै पुगेर त्यो पनि निशुल्क सेवा दिएका छौँ ।’ तमान, निसी र देविस्थानमा अहिले सिम वितरण गरिएको हो ।

१ हजार ५ सय सिम वितरण गर्ने लक्ष्य रहेकोमा मौसम प्रतिकुलताले बाँकी सिम पछि बाँडिने टेलिकमले जनाएको छ ।

निसीखोलाको वडा नम्बर–६ मा फारम भरेर सिम लिन बाँकी रहेका ग्राहकलाई समय मिलाएर सिम दिईने बताईएको छ ।

माग भएको अवस्थामा थप सिम पनि बाँड्न सकिने शर्माले बताए । टेलिकमले गाउँमै पुगेर निशुल्क सिम बाँडेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung