२१ जेष्ठ २०८३, बिहीबार

 

‘समाज र मानविय सेवामा सापकोटाको योगदान स्मरणिय’

बागलुङ नगरपालिका–२ का नारायणदत्त उपाध्याय सापकोटाको निधनको १३ औं दिनको पुण्य तिथीमा मंगलबार रातामाटा सापकोटा कुल देवता मन्दिरले श्रद्धाञ्जली सभा गरेको छ ।

सभामा शोक मन्तव्य व्यक्त गर्दै सापकोटा कल्याण केन्द्रका केन्द्रीय सदस्य टीकाराम सापकोटाले उपाध्यायको निधनले समाजलाई अपुरणीय क्षति पुगेको बताए । उनले समाज र मानवीय सेवाको क्षेत्रमा सापकोटाले पु¥याएको योगदान सदा स्मरणीय रहने उल्लेख गरे ।

‘उहाँ एक परिश्रमी, लगनशील र कर्मशील व्यक्ति हुनुहुन्थ्यो’ सापकोटाले भने, ‘सामाजिक काममा सँधै समर्पित भएर लाग्ने उहाँ सबैका प्रेरणाका स्रोत हुनुहुन्छ ।’ कुल मन्दिरका संरक्षक समेत रहेका सापकोटा आफ्नो जीवनकालमा विभिन्न सामाजिक संघसंस्थामा कृयाशिल थिए ।

सो अवसरमा बोल्दै मन्दिरका सदस्य प्रकाश सापकोटाले आफूहरुले अभिभावक गुमाएको प्रतिक्रिया दिए ।  उनले सापकोटाको निधनले सम्पूर्ण सापकोटा समाज स्तब्ध बनेको बताए ।

सापकोटाका ज्येष्ठ छोरा कर्णबहादुर हमालले बुबालाई एक आदर्श व्यक्तिको रुपमा समाजले सँधै स्मरण गर्ने बताए । उनले बुबाले सदा समाजको हितमा असल काम गर्नको लागि प्रेरित गरेको उल्लेख गरे ।

श्रद्धाञ्जली सभा मन्दिरका अध्यक्ष कबीन्द्र प्रसाद शर्मा सापकोटाको अध्यक्षता र सदस्य बैकुण्ठ प्रसाद शर्मा सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।  सभामा सहभागी आफन्तजनले स्वर्गीय सापकोटाको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

वि.सं. १९९३ सालमा जन्मीएका सापकोटाको गत असार २९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । सापकोटाका श्रीमति, पाँच छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung