गलकोटको पर्यटकीय स्थाल नाच्ने डाँडामा तीज उत्साव कार्यक्रम हुने भएको छ । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका–७ मल्मले कार्यक्रम गर्न लागेको हो ।
आगामी भदौ ८ गते हरितालिका तीजको दिन तीज गीत प्रतियोगिता सहित कार्यक्रम गर्न हुने अध्यक्ष कोपिला खड्काले जानकारी दिईन् । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजले प्रत्येक वर्ष तीज कार्यक्रम गर्दै आईरहेको छ ।
मल्मको ऐतिहासिक स्थल नाच्ने डाँडामा हुने तीज गीतमा प्रथम हुनेले नगद १० हजार रुपैयाँ, द्वितियले ७ हजार, तृतियले ५ हजार र सान्तवना हुने दुई समुहले २ र २ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । सो अवसरमाम महिला समाजसेवी, ज्यष्ठ नारीलाई अभिनन्दन गरिने अध्यक्ष खड्काले जानकारी दिईन् ।
कार्यक्रम सञ्चालनका लागि आर्थिक व्यवस्थापनको तयारी सुरु भएको आयोजकले जनाएको छ । कार्यक्रम स्थल व्यवस्थापनको लागि सल्लाहकार सदस्य ज्ञान बहादुर थापालाई जिम्मेवारी प्रदान गरिएको छ ।







































































































































































































