२९ बैशाख २०८२, सोमबार

 

चुनाबका बेला ‘हु ईज सागर’ भन्दै आफुमाथि थ्रेट आएको संयोजक सागरको खुलासा

- माओवादी केन्द्र बागलुङ नगरको अधिवेशन सुरु, ‘एउटा निर्वाचन नै सव थोक होईन’ : सहईञ्चार्ज निउरे

नेकपा माओवादी केन्द्र बागलुङ नगरपालिकाको पहिलो नगर अधिवेशन बागलुङ बजारमा सुरु भएको छ । अधिवेशनको माओवादी केन्द्रका पोटिलव्युरो सदस्य तथा बागलुङका सहईन्चार्ज फमलाल निउरेले मगर संघको हलमा उद्घाटन गरे ।

प्रमुख अतिथि फमलाल निउरे

कार्यक्रममा उनले पार्टी संगठनलाई बलियो बनाउन सवै जुट्नुपर्ने बताए ।

‘पार्टी निर्माण गर्न दृढ विचार, ईच्छाशक्ति र राजनितिक ईमान्दारीता चाहिन्छ’, निउरेले भने, ‘संस्थागत निर्णय तथा पार्टीको विधि–विधानलाई सवैले मान्नुपर्छ ।’

निउरेले बागलुङमा माओवादीको जनमत हुँदाहुँदै पनि प्राविधिक कमजोरीका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नु परेको तर्क गरे ।

एउटा निर्वाचन नै सवैथोक नभएको भन्दै उनले कमजोरीको बैज्ञानिक समिक्षा गर्दै सुधार गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

 

 

अर्का पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा मगर ‘सागर’ ले महत्वपुर्ण भुमिकामा रहेका नेता कै मनोगत वुझाई र आत्मकेन्द्रित कार्यशैलीका कारण स्थानीय तह निर्वाचनमा अहिलेको नतिजा व्यहोर्नु परेको बताए ।

बाम तालमेल र उम्मेद्वारी चयन जस्ता मुद्धामा पार्टीको जिल्ला तहमा स्वतन्त्र निर्णय गर्न नपाएको उनको गुनासो थियो ।

‘तलबाट स्थानीय तहका साथीहरुले आफ्नै अडान राख्नुहुन्छ’, सागरले अगाडी थपे, ‘माथिल्लो तहका नेताले पनि आफु केन्द्रित हठ देखाउनुभयो, यस्तै समस्याले हामीलाई निर्णय गर्न समेत अप्ठ्यारो भयो ।’

 


संयोजक कुमारबिक्रम क्षेत्री

उनले केन्द्रिय स्तरको नेताबाट आफुलाई ‘हु ईज सागर’ (सगर को हो ?) भनेरै थ्रेट आएको खुलासा गरे ।

सागरले बागलुङ नगरपालिका पार्टीलाई उम्मेद्वार विहिन बनाउने गरि कस्को चलखेलमा कसरी उम्मेद्वारी फिर्ता भयो भन्ने कुरा शंकास्पद भएको भन्दै यस्ता घटनाको सहि समिक्षा आवश्यक रहेको बताए ।

भएका त्रुटी र गलत प्रवृत्तिलाई सच्याउँदै आ–आफ्नो तहमा पार्टी बनाउन जुट्नुको विकल्प नरहेको उनको भनाई थियो ।

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार लालचन्द्र राजभण्डारी, जबस मोर्चाको तर्फबाट मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य चिनिमायाँ काला मगर र सहिद परिवारको तर्फबाट गौरिशंकर विकले शुभकामना मन्तव्य राखे ।

बागलुङ नगरभित्रबाट माओवादी आन्दोलनलाई अघि बढाउन योगदान पु¥याएको भन्दै लालचन्द्र राजभण्डारी, कृष्णदत्त पन्त र हरिहर श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान गरियो ।

कार्यक्रममा सहिद तथा वेपत्ता परिवारका सदस्य, स्थानीय तहमा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि र जिल्ला समन्वय समितिमा निर्वाचित सदस्यलाई पनि दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रम नगर अधिवेशन आयोजक समिति संयोजक कुमार विक्रम क्षेत्रीको अध्यक्षता, मोहम्मत अजिजको स्वागत र रामबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

उद्घाटन पछि बन्द सत्र सुरु भएको छ । बन्दसत्रमा नगरका १४ वडाबाट १ सय २५ प्रतिनिधि सहयोगी रहेको माओवादीले जनाको छ ।

बन्द सत्रले अध्यक्ष, उपाध्यक्ष, सचिब, सहसचिव र कोषध्यक्ष सहित ५७ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ ।

त्यहाँ राजनितिक, आर्थिक लगात विभिन्न प्रतिवेदनमाथि छफलफल गरी ती प्रतिवेदन पारित गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung