ढोरपाटन नगरपालिकाको तिन वटा वडामा किसानलाई विउपल वितरण गरिएको छ । नगरका वडा नम्बर–१, २ र ३ (साबिकको बुर्तिबाङ गाविस) मा स्थानीय कृषि समुहले विउ वितरण गरेको हो ।
शानिबार नगरपालिकाको वडा नम्बर–३ तथा साबिकको बुर्तिबाङ–९ मा मालारानी कृषक समुहले १ सय २० जना किसानलाई विउ बाँडेको छ ।
साबिकको बुर्तिबाङ गाविस स्तरिय कृषक समुहबाट आफ्नो समुहमा आएको मुला, रायो, बन्दा, फुलगोभी, पालुङ्गा र प्याज किसानलाई दिईएको मालारानी समुहका अध्यक्ष नरबहादुर सुनारले बतााए । बाँकी ठाउँ र वडाहरुमा विउवितरण भईरहेको कृषि समुहले जनाएको छ ।







































































































































































































