९ कार्तिक २०८३, आईतवार

 

बुर्तिबाङको रेडियो ढोरपाटनले गर्दैछ तीज विशेष कार्यक्रम

पश्चिम बागलुङको बुर्तिबाङमा रहेको सामुदायिक रेडियो ढोरपाटनले हिन्दु नारीको महान चाड हरीतालीका तीजको अवरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
तीजमा दिदीवहिनीसँग सहकार्य गर्दै सँस्कृतिको जगेना गर्न तीज गीत तथा नृत्य प्रतियोगिता गर्न लागिएको स्टेशन म्यानेजर छविलाल पाण्डेले जानकारी दिए । सहभागीले आफ्नो तीज गीतमा ‘महिला अधिकार र कर्तव्य’ भन्ने विषयवस्तु समेट्नुपर्ने छ ।

स्टेशन म्यानेजर छविलाल पाण्डे

रेडियोले यस अघिका वर्षमा पनि तीजको अवसरमा विशेष कार्यक्रम गर्दै आएको थियो । भदौ ३ गते हुने कार्यक्रममा खुल्ला तिज गीत र नृत्य प्रतियोगिता आयोजना गरिएको रेडियोका अध्यक्ष द्रोणकुमार कुँवरले जानकारी दिए ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बुर्तिबाङ शाखाको झाँकिप्रर्दशन, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति, बुर्तिबाङ डान्ससेन्टरको पनि प्रस्तुती रहने छ ।

‘कार्यक्रममा ७० बर्ष पुगेका जेष्ठ महिला र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गर्दैछौँ’, स्टेशन म्यानेजर पाण्डेले भने, ‘रेडियोका स्रोता, सुभचिन्तक र सहयोगदातासँगको सहकार्यलाई पनि जीवन्त बनाईराख्न कार्यक्रमले सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

कार्यक्रममा पहिलो हुने समुहले ७ हजार रुपैयाँ, द्वितियले ४ हजार पाँच सय रुपैइाँ र तृतियले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने रेडियोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung