
सासंद् तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले अहिलेको नेतृत्वसँग देश बनाउन थोरै समयमात्र बाँकी रहेको बताएका छन् । अबको १५/२० वर्षमा अवस्था फेर्न नसके मुलुक पछि धकेलिने उनको भनाइ छ ।
बागलुङ उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार बागलुङ बजारमा उद्घाटन गर्दै सासंद् थापाले सबै देश बनाउतर्फ लाग्नुपर्ने बताए ।
‘हामीले युद्ध, क्रान्ति, आन्दोलन सबै ग¥र्यौं, झेल्यौं अब देश निर्माणमा जुटौं’ उनले भने, ‘काम गर्नको लागि १५/२० वर्षको छाटो समय हामीसँग छ ।’
अवधिमा मुलुकलाई समृद्ध बनाउन नसके त्यसपछि काम गर्ने भन्दा आश्रित जनसंख्या बढ्ने उनको तर्क छ ।
नेपाली काँग्रेसका युवा नेता समेत रहनुभएका थापाले नेपाल जनशक्तिमा धनी भएको उल्लेख गरे ।
नेपाललाई युवाहरुको देशको संज्ञा दिँदै थापाले देश निर्माणमा युवाहरुलाई लगाउनुपर्ने बताए ।
प्रत्येक दिन १५ सय युवा विदेशीएको उदाहरण दिँदै उनले उनीहरुलाई देशमै रोक्न सक्ने वातावरण नबनेसम्म देश नबन्ने धारणा राखे । युवाको विदेश पलायनलाई रोक्न उद्यमशीलता र रोजगारीको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
‘रोजगारी सरकारले दिने होइन, वातावरण बनाउने हो, रोजगारी व्यक्तिले सिर्जना गर्ने हो’ नेता थापाले भने, ‘उद्यमी तयार गर्नतर्फ लागौँ, सबै उद्यमशील बनौं ।’
तीनै तहको निर्वाचनपछि सिङ्गो मुलुकलाई विकास र समृद्धितर्फ डो¥याउनुपर्नेमा उनको जोड छ । मन्त्री थापाले हालैको बाढी पहिरोबाट भएको क्षति प्राकृतिक कारणले मात्र नभई मानवीय कर्मको पनि त्यसमा दोष रहेको बताए ।
उनले कोशी, टनकपुर लगाएतका बाँध नेपालको अहितमा रहेको भन्दै त्यसलाई भत्काउ भन्ने आँट नेपालसँग हुनुपर्ने उनको भनाइ छ । प्राकृतिक स्रोत, साधनको मनपरी दोहनले पनि बाढी, पहिरोजस्ता प्रकोपहरु बढीरहेको भन्दै त्यसलाई कडाइका साथ रोक्नुपर्ने नेता थापाको भनाइ छ ।
कार्यक्रममा उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीष, नेकपा मालेका नेत्री मञ्जु क्षेत्री, नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्मा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष कुशुम बुढा मगर र ओम शान्तिका सञ्चालक सावित्रि दिदील शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन अघि विभिन्न झाँकी सहितको ¥यालीले बजार परिक्रम गरेर कार्यक्रम स्थल पुगेको थियो । प्रदर्शन भएका झाँकी मध्ये नेवा मिसा दवु बागलुङ प्रथम, ओमशान्ती द्वितिय र देउराली चोक आमा समुह तेस्रो भएका बागलुङ उद्योग बाणिज्य संघका महासचिब दयाराम पौडेलले जानकारी दिए ।
कार्यक्रम महिला उद्यमी विकास समितिका संयोजक भगतवी केसीको अध्यक्षता, सचिव अम्बिका बस्नेतको सञ्चालन र सहसंयोजक उषा पौडेलको समापनमा सम्पन्न भएको थियो ।
फोटो मञ्जुल शाक्य