१ जेष्ठ २०८२, बिहीबार

 

लोकमार्गको बुर्तिबाङ–निसी खण्ड अबरुद्ध, पैदल हिड्नेकै ज्यान समेत धरापमा

अविरल वर्षा सहित विभिन्न ठाउँमा लगातार खसिरहेको पहिरो र कटानले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–निसी खण्ड अबरुद्ध छ । सडक भएर यात्रा गर्नुपर्ने यात्रुलाई सास्ती छ ।

किनमेलका लागि बजार आवत–जावत गर्नेहरु समेत मर्कामा परेका एक यात्रु महेश खत्रीले गुनासो गरे । सडकको देविस्थान, जुंजाखोला, खाडु लगायत दर्जनौँ ठाउँमा पहिरो र कटानले कतै सडक पुरै क्षेतीग्रस्त छ ।

कतै सडक साँघुरिएको छ । पैदल यात्रु चिप्लो बाटोमा काल्नेचौर–बायखोला हुँदै बुर्तिबाङ झर्नुपर्ने बाध्यता छ । सडक माथिबाट ठुला–साना पहिरो झरेका छन् भने खोल किनारमा तिब्र कटान छ ।

सडकमा हिड्ने प्रदल यात्रीलाई समेत सास्ती हुने गरेको खत्रीले बताए । ‘सडकको अवस्था निकै नाजुक छ’, खत्रीले भने, ‘यो दुर्दशाले पैदल हिँड्दा समेत ज्यानै धरापमा राख्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung