ताराखोला गाउँपालिकाको वडा नम्बर–३ हिल काँक्राखोरमा रहेको प्रगतिशिल युवा परिवारको सक्रियतामा मोटरबाट मर्मत गरिएकोछ ।तीजको बेला चेलिवेटीलाई आवत–जावतमा सहज होस भनेर मनिवलदेखि काँक्राखोर आधारभुत विद्यालयसम्मको घुम्टे पर्यटकीय मोटरबाटो मर्मत गरिएको हो ।
क्लवको आव्हानमा गाउँका युवाको सहभागितामा सडक मर्मत गरिएको क्लवका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए । ‘वर्षाका कारण मोटरबाटोको ठाउँ–ठाउँमा खाल्डा खुल्डी परेका थिए’, अध्यक्ष भण्डारीले भने, ‘तीजको बेला छ, गाउँका दिदीवहिनीलाई माईत जान सजिलो होस् भनेर अहिले नै मर्मत ग¥यौँ ।’
मर्मत कार्यमा क्लवमा आवद्ध २५ जना भन्दा बढी युवा सहभागी थिए । क्लवको २४ औँ बार्षिकोत्सवको अवसर पारेर सामाजिक काम गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । मोटरबाटोको बिच बिचमा झरेको पहिरो हटाएर खाल्डाखुल्डी पुरेपछि आवतजावतमा सहजता हुने क्लबले जनाएको छ ।



















































































































































































































