३ श्रावण २०८३, आईतवार

 

तरकारी खेतीमा ईजराएली प्रविधि भित्राएपछि मालामाल गलकोटका खत्री

     हरेक दिन हजारौं नेपाली युवा पुस्ताहरु विदेश पलायन भइरहेको बेला बागलुङ जिल्लाका एक किसानले विदेशी प्रविधि मार्फत तरकारी उत्पादन गरी मालामाल हुनु भएको छ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ६ हरिचौका ४१ वर्षिया गुमानसींह खत्रीले इजरायली हाइटेक प्रविधिको टर्नेल मार्फत तरकारी उत्पादन गरी वार्षिक ६ लाख आम्दानी गर्न सफल हुनु भएको छ ।

२०६३ सालमा कृषि भ्रमणमा जादा टर्नेल मार्फत गरीने तरकारी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिदो रहेछ भनेर देखेको र त्यही अनुसार खेति गरेका खत्रीले एक वर्ष अघिमात्र इजरायली हाइटेक प्रविधिको टर्नेल घर तथा थोपा सिचाई प्रविधिवाट तरकारी खेती गर्दै आउनु भएको छ । मेहनती किसान खत्रीले ठूला दुई र साना दुई गरी उक्त प्रविधिका चार प्लासिटकका घरमा टमाटर, सिमि बोडी, खुर्सानी तथा साग उत्पादन गर्दै आउनु भएको छ । विदेशी प्रविधि मार्फत खेती गर्दा आफूलाई छुट्टैखाले आनन्द आएको बताउदै खत्रीले खर्च कटाएर वार्षिक चारलाख सम्म बचत गर्दै आउनु भएको छ ।

उत्पादीत तरकारी स्थानीय गलकोट बजार, बागलुङ बजार, खर्वाङ बजारमा खपत हुने र बजारको कुनै समस्या नभएको उहाँको भनाई छ । उहाँले थोपा सिंचाईको लागि पानि पर्याप्त आवश्यक हुने र हिउदको समयमा खोलावाट शुन्य शक्ति वर्षा पम्पको प्रयोगवाट थोपा सिंचाई गर्दे आउनु भएको छ । पहिला स्थानीय स्रोत तथा साधनहरुको प्रयोग गरि बनाएको टर्नेल केही वर्ष मात्र हुने गर अहिलेको प्रविधि जीवनभर हुने उहाको विश्वास छ । खत्रीले आफूले गर्ने तरकारी खेतीको सबै प्रक्रिया प्रविधि मैत्री भएको भनाई छ । हालसम्म प्रविधि युक्त तरीकाले खेती गर्दा १५ लाख लगानि गरेका कृषक गुमान सींह खत्रीले कृषि मन्त्रालयवाट दश लाख अनुदान र जिल्ला कृषि विकास कार्यालय बागलुङ बाट प्राविधिक सल्लाह प्राप्त गर्दै आउनु भएको छ ।

इजरायली हाइटेक टर्नेल तथा थोपा सिंचाई प्रविधि निकै महंगो भएपनि दिर्घकालिन टिकाउ हुने भएकोले जीवनभर यसवाट फाईदा लिनसक्ने, हावाले भत्काउन नसक्ने,समयको बचत हुने, रोग कम लाग्ने र एकै समयमा धेरै काम गर्न सकिने उहाको भनाई छ । इजरायली टर्नेलमा चिसो, गर्मी तथा हावाको सन्तुलन मिलाउन सक्ने क्षमता भएकोले यसबाट गुणस्तरीय तथा धेरै मात्रामा तरकारी उत्पादन गर्न सकिने कृषि प्राविधिकहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung