
बागलुङ- भदौ ७ गते बेलुका ९.३० बजे त्रिभुवन विमानस्थल काठमाडौं बाट बाहीरिएका बागलुङ नगरपालिका वडा नं. १३ काभ्राबोटका ३६ बर्षीय हरिप्रसाद शर्मा हालसम्म पनी परिवारको सम्पर्कमा आएका छैनन । गत मंसिरमा साउदी गएका हरि ८ महिनामा घर फर्किएका थिए ।
परिवारले उनको खोजीका लागि प्रहरी र आफन्त सँग अपिल गरेको छ । विमानस्थलमा आए पश्चात उनको श्रीमती सवितालाई फोन गरी आफु आएको जानकारी गराएका हरी शनिबार बेलुका सम्म सम्पर्कमा आएका छैनन । त्रिभुवन विमानस्थलमा राखिएको सिसी क्यामाराको रिपोर्ट अनुसार उनी बुधबार बेलुका ९.४२ मा विमानस्थलबाट बाहीएको उनका दाजु टिकाराम शर्माले बताए । विमानस्थलबाट बाहीरीए पछि विहीबार विहान उनले आफै फोन गरेका थिए तर कहाँ छन भन्ने फोनमा कुनै पत्ता लाग्न सकेको थिएन । उनले श्रीमती सवितालाई फोन गरे तर सविता सँग कुनै संवाद हुन सकेन त्यस पश्चात हालसम्म परिवारको सम्पर्क विहिन भएका छन ।
केही समय देखी हल्का विरामी परेका कारण उनी घरमा फर्केको र काठमाडौंमा नै उपचार गराउँला भनी श्रीमती सविता र जेठान गोपाललाई विमानस्थलमा नै लिनका लागि बोलाएको परिवारीक श्रोतले बताएको छ । तर बागलुङबाट काठमाडौं जाँदा श्रीमती सविताले र जेठान थानकोटको जाममा परेर समयमा विमास्थल पुग्न सकेका थिएनन । प्रहरीको रिर्पोट अनुसार हरीको चितवनको दासढुंगा सम्म मोबाईलको ट्रयाकिङ भएको जनाईएको छ । शुक्रबार दिउँसो र शनिबार पनि चितवनको नारायणगढ देखिएको भन्ने आए पनि हाल सम्म परिवारको सम्पर्कमा आएका छैनन । हामी प्रहरी र आफन्त सँग खोजीका लागि अपिल गरेका छौ दाजु टिकारामले भने तर कही कतै पनि भेटिएको छैन । चितवनमा प्रहरी र आफन्तहरुले खोजी कार्य जारी राखेका छन । परिवारले अहिले हरीको खोजीका लागि सबै पक्ष सँग सहयोगको अपेक्षा गरेको छ । रोजगारीको शिलशिलामा विदेशीएका हरीकोे परिवारमा बुढा बाबु आमा श्रीमती १ छोरा र १ छोरी रहेका छन । कालो क्याप लगाएको कालो झोला बोकेको र तालु खुईलिएको र उनको गहुँगोरो बर्ण रहेको आफन्तले जनाएका छन ।