७ जेष्ठ २०८१, सोमबार

 

जापानमा घुमाउने घर

नेपालकाे पर्यटन प्रवद्र्न गर्ने मुख्य उदेश्यका साथ दुई दिने फेस्टिवेल अायाेजना भएकाे छ ।

उक्त फेस्टिवलमा नेपाली खानपान ,कला ,संस्कृतिकाे प्रदर्शन भइरहेकाे छ । उक्त फेस्टिभलमा नेपाली घुमाउने घर सबै जापानीहरूलाई अाकर्षणकाे केन्द्र भएकाे छ । जापानकाे लागि नेपाली राजदूत प्रतिभा राणा र गैरअावासी नेपाली संघका उपाध्यक्ष भवन भट्टले फेस्टिवलकाे उदघाटन गरेका थिए । टाेकियाेस्थित उएनाे पार्कमा १० अाै नेपाल फेस्टिभल गैरअावासी नेपाली संघ र जापानका विभिन्न संस्थाहरू मिलेर गरेकाे हाे । नेपालीमा उत्पादित वस्तुको प्रसार गर्नु र व्यावसायिक रूपमा पर्यटक अाकर्षित गर्नु फेस्टिवलकाे लक्ष्य रहेकाे अायाेजकले बताए ।

नेपाली पंचे बाजेकाे प्रस्तुती र नाचगानका सबैले उत्साह पुर्वक रमेका थिए । फेस्टिवलकाे धेरै जापानीहरूले उमंगका साथ भाग लिएका छन।

प्रतिक्रिया दिनुहोस्