
नेकपा माओवादी केन्द्र बागलुङले पार्टीको जिल्ला स्तरीय जनपरिषद् बनाएको छ । जिल्ला सचिवालयको बैठकबाट जनपरिषद् बनाईएको हो ।
पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला सहईञ्चार्ज चन्द्रबहादुर बुढा मगर ‘सागर’ को संयोजकत्वमा २१ सदस्यीय जिल्ला जनपरिषद् बनाईएको जिल्ला ईञ्चार्ज फमलाल निउरेले जानकारी दिए । माओवादीले जनयुद्धका समयमा जनसत्ताको अभ्यास गर्न भन्दै देशभर पार्टी मातहत जनसरकार चलाएको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीको समानान्तर सत्ता विघटन भयो ।
तर, पार्टी शान्ति प्रक्रिया मार्फत लोकतान्त्रिक प्रतिस्पर्धामा आएको १२ बर्षपछि फेरी पुरानै झल्को दिने गरि जनपरिषद् बनाईनुलाई चासोका साथ हेरिएको छ । जबकी माओवादीकै एजेण्डा अनुसार मुलुकमा संविधान सभाको चुनाबपछि चुनिएका प्रतिनिधिले बनाएको संविधान अनुसार देश चलेको छ । नयाँ संविधान अनुसार राज्यको पुनर्संरचना गरि स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारले आफ्नो काम अघि बढाएको छ ।
माओवादी छोडेर नेकपा माओवादी हुँदै अहिले नेपाल कम्युनिष्ट पार्टी बनाएका नेत्रविक्रम चन्द ‘विप्लब’ ले जनपरिषद् चलाएका छन् । नेकपाले एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद प्राप्तीको संघर्षमा राज्यले दमन गरे पार्टी सशस्त्र संघर्षमै जाने धारणा राख्दै आएको छ ।
यसविच जिल्ला बैठकले १० वटै स्थानीय तह (गाउँपालिका/नगरपालिका) मा पार्टी केन्द्रको नीति अनुसार नै जनपरिषद् विस्तार गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । पहिलो तथा दोस्रो चारणको स्थानीय निर्वाचनमा फराकिलो अन्तरले तेस्रो बनेको माओवादीले केन्द्र र प्रदेशको निर्वाचनको पुर्वसन्ध्यामा किन जनपरिषद् बनायो भन्ने चासोको विषय बनेको छ ।
पार्टीका पोटिलब्युरो सदस्य समेत रहेका जिल्ला ईञ्चार्ज निउरेले स्थानीय सत्तामा पार्टीको भुमिकालाई प्रभावकारी ढंगले अघि बढाउन जनपरिषद् गठन गरिएको बताए । ‘स्थानीय चुनावमा हामी धेरै ठाउँमा पराजित भयौँ, हारेका गाउँ/नगरको सरकारमा हाम्रो प्रतिनिधित्व छैन,’ निउरेले भने, ‘त्यहाँ जनताको दुःख–सुखसँग पार्टीलाई सँगसँगै लैजान नयाँ फोरम बनाएका हौँ ।’
उनका अनुसार स्थानीय स्तरमा विकास निर्माणको कामसँगै जनताका समस्यासँग पार्टीलाई जोडेर लैजान नयाँ संरचना बनाईएको हो । स्थानीय चुनाबमा उम्मेदवार बनेर पराजित भएका पार्टी नेतालाई जनपरिषद्ममा राखिने छ । नवगठित जिल्ला जनपरिषद्का संयोजक सागरले स्थानीय सरकारको कामकारवाहीलाई जनउत्तरदायि र पारदर्शी बनाउन परिषद्को अवश्यकता महसुस भएको बताए ।
‘स्थानीय सरकारको कामप्रति जनता सचेत र जागरुक बन्नुपर्छ,’ उनले अगाडी थपे, ‘हाम्र निर्वाचित सदस्य नरहेका ठाउँमा जनताको पक्षमा काम भए नभएको पार्टी र नागरिकको तहबाट संयुक्त अनुगमन गरि सुशासन प्रबद्र्धन गर्ने जनपरिषद्को मुख्य काम हुने छ ।’
जनपरिषद् स्थानीय तहमा रचनात्मक प्रतिपक्षको भुमिकामा रहने सागरले बताए । ‘यसको काम पार्टी र जनताविचको सम्बन्धलाई नजिक बनाउने पुल सरह हुनेछ,’ उनले भने, ‘आवश्यकता अनुसार हस्तक्षपकारी कार्यसमेत जनपरिषद्ले गर्छ ।’
सवै स्थानीय तहमा भेला तथा प्रशिक्षण
माओवादी केन्द्र बागलुङको दुई दिनसम्म चलेको बैठकले जिल्लाका चार वटा नगरपालिका र ६ वटा गाउँपालिका स्तरमा पार्टीको एक दिने भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ । सो अवसरमा पार्टीको जनवर्गिय संगठन समेत गठन गरिने छ ।
प्रशिक्षण सहित वाईसिएल, महिला, दलित, किसान र मगरको स्थानीय समिति गठन गरिने छ । भदौ १४ गतेदेखि २८ गतेसम्म सवैतहमा कार्यक्रम गर्ने कार्यतालिका तय भएको छ । कार्यक्रम भदौ १४ गते काँठेखोला गाउँपालिकाबाट सुरु भएर २६ गते जैमिनी पुगेपछि सकिने छ ।
१६ गते बरेङ गाउँपालिका, १९ गते तमानखोला गाउँपालिका, २० गते निसीखोला गाउँपालिका, २१ ढोरपाटन नगरपालिका, २२ गते बडिगाड गाउँपालिका, २३ गते गलकोट नगरपालिका, २४ गते ताराखोला गाउँपालिका र २५ गते बागलुङ नगरपालिकामा कार्यक्रम हुने छ ।
प्रदिप थापा निलम्बित
स्थानीय तह निर्वाचनमा पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै पार्टीका बरेङ गाउँपालिका अध्यक्ष प्रदिप थापालाई साधारण सदस्य मात्र रहने गरि अरु जिम्मेवारीबाट हटाईएको छ । पुर्णबहादुर राना संयोजकत्वको अनुसाशन विभागले गरेको सिफारिसका आधारमा उनलाई निलम्बन गरिएको सहईञ्चार्ज सागरले बताए ।
निर्वाचित प्रतिनिधिको प्रशिक्षण ताराखोलामा
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका जनप्रनिधिको लागि भदौ २८ गते ताराखोलामा प्रशिक्षण कार्यक्रम गर्ने माओवादीले जनाएको छ । प्रशिक्षण १० वटै स्थानीय तहका पार्टी अध्यक्षलाई पनि सहभागी गराईने छ ।
निर्वाचित प्रतिनिधि मार्फत स्थानीय तहमा गर्नुपर्ने कामलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण गरिने कार्यालय सचिव चन्द्रबहादुर थापा ‘शिखर’ ले जानकारी दिए । भदौ ३० गते नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाको जिल्ला स्तरिय भेला गलकोटमा गर्ने निर्णय भएको छ ।
जिल्लामा विभिन्न विभाग
बैठकले पार्टी मातहत रहने गरि विभिन्न विभाग गठन गरेको छ । पार्टीको कामलाई व्यवस्थित बनाउन विभाग गठन गरिएको जिल्ला संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ ले बताए ।
फमलाल निउरेको संयोजकत्वमा आर्थिक विभाग, चन्द्रबहादुर बुढा ‘सागर’ को संयोजकत्वमा स्कुलिङ विभाग, ज्ञामनाथ गैरेको संयोजकत्वमा सञ्चार तथा प्रकाशन बिभाग, पुर्णबहादुर राना मगरको संयोजकत्वमा अनुसाशन विभाग, दिपा रोकाको संयोजकत्वमा साँस्कृतिक विभाग, नरेश केसीको संयोजकत्वमा खेलकुद विभाग, राजबहादुर थापाको संयोजकत्वमा पर्यटन र धनबहादुर विक हिमालको संयोजकत्वमा कृषि तथा सहकारी विभाग बनाईएको छ ।
कार्यविभाजन
माओवादी केन्द्रले जिल्ला कार्यालय सदस्यको स्थानीय तहमा जिम्मेवारी तोकेको छ । सुर्य सिरपाली तमानखोला, राजेन्द्र कुँवर निसीखोला, तुल्सिराम आर्याल ढोरपाटन र राजिव घिमिरेले बाडिगाडको जिम्मेवारी पाएका छन् ।
त्यस्तै चन्द्रदत्त रेग्मी, पुर्णबहादुर राना, यामबहादुर श्रीस र जगबहादुर श्रीसलाई गलकोट, तथा भद्र घर्ती, धनबहादुर खत्रीलाई ताराखोलाको जिम्मेवारी दिईएको छ ।
लिला सुनारलाई काँठेखोला हेर्ने जिम्मेवारी पाएका छन भने निर्मल श्रेष्ठ, रामबहादुर विक, ईन्द्र पाठक, रुद्र शर्मा, हरिहर श्रेष्ठ, लालचन्द्र राजभण्डारी, मेघनाथ पौडेल, उमानाथ शर्मा, कृष्ण जीसी र टोपबहादुर खड्कालाई बागलुङ नगरपालिकाको जिम्मेवारी दिईएको छ । शोभा शर्मा, राम पौडेल र पदम बहादुर श्रीसलाई जैमीनि तथा चिनिमायाँ कालाको जिम्मेवारी बरेङ परेको छ ।
जवसको जिम्मेवारी
जिल्लामा जनबर्गीय संगठन हेर्नको लागि जिम्मेवारी तोकिएको छ । विद्यार्थीतर्फ दिवश खत्री, शिक्षकतर्फ झपेन्द्र क्षेत्री, मुहमद अजिज र चन्द्रदत्त रेग्मी, महिलातर्फ निरमायाँ श्रीस, भविकला रोका, कुशुम बुढा र केसरी घर्ती, दलिततर्फ डिलबहादुर परियार, लालबहादुर परियार, कुविर विक, मजदुर ईन्द्र पाठक र चेत नारायण शर्मा, किसानतर्फ शोभा प्रसाद शर्मा, व्यपारतर्फ राज थापा, मगरतर्फ गगन पुन, नेवारतर्फ रतन मलेपती, मुस्लीमतर्फ मुहमद अजिज, भुपु सैनिकतर्फ तिलक उप्रेती, शहीद, वेपत्ता घाईतेतर्फ भद्रबहादुर घर्ती, थकाली भुजेल तामाङ कुमाल माझि छन्त्यालतर्फ गंगा भुजेल र कर्मचारी बुद्धिजीवी, कनुन व्यवसायितर्फ कार्यालयले हेर्ने निर्णय भएको छ ।