अर्नाकोट बराह युवा क्लबको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । भदौ ८ गतेदेखि सुरु भएको कार्यक्रम मंगलबार समापन गरीएको क्लबका सल्लाहकार लालबहादुर कुवँरले बताए ।
उनका अनुसार आयोगित प्रतियोगिता मध्ये २४ समुहको सहभागिता रहेको पुरुष भलीबल तर्फ सनराईज युवा क्लब प्रथम भएको छ । द्वितियमा आयोजक समुह ए भएको छ ।
त्यस्तै महिला तीज गीत तथा नृत्य प्रतियोगिता तर्फ रिभरहेड बोर्डिङ बुर्तिबाङ प्रथम र अर्नाकोट आधारभुत बिद्यालय देउराली द्वितिय भएका छन् ।
५ समुहको सहभागिता रहेको महिला भलीबल तर्फ समाजसुधार मञ्च साउथोक प्रथम भएको छ । द्वितिय उत्तरगंगा मावि बुर्तिबाङ भएको छ । पञ्चेबाजा प्रतियोगिता तर्फ खल्बाङ पञ्चेबाजा समुह ए र समुह प्रथाम र द्वितिय भएका छन् ।
कार्यक्रममा पुरुष महिला छेलो प्रतियोगिता सञ्चालन गर्ने भनीएपनी समय अभाबका कारण सञ्चालन नगरीएको आयोजकले बताएको छ । विजयी समुहलाई पुरस्कृत गरीएको छ ।



















































































































































































































