२१ जेष्ठ २०८३, बिहीबार

 

विद्युत प्रसारण नभएको लाईनमै करेन्ट लागेर युवकको मृत्यु

बागलुङको गलकोटमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । नयाँ निर्माण हुँदै गरेको प्रसारण लाईनको काम गर्ने क्रममा नरेठाँटी–२ को मुलाखोलामा घटना भएको हो ।

पोलमा चढेर काम गर्ने क्रममा बागलुङ नगरपालिका–११ रायडाँडाका २५ वर्षीय हरि हरिजनलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय गलकोट हरिचौरले जनाएको छ । बनाउँदै गरेको नयाँ प्रसारणलाईनमा अचानक विद्युत प्रवाह भएपछि उनलाई करेन्ट लागेको ईप्रका गलकोटका प्रमुख प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए ।

‘विद्युत प्रसारण नभएको तारमा अचानक करेन्ट लागेको भन्ने कुरा आएको छ,’ ईन्स्पेक्टर अधिकारीले भने, ‘कतै विद्युत प्रवाह भएको तारसँग जुधेर करेन्ट प्रवाह भएको हुनसक्छ ।’

गलकोटमा बन्दै गरेको सवस्टेशनदेखि बागलुङ वितरण केन्द्रसम्म जोड्ने गरि प्रसारण लाईन निर्माणको काम भईरहेको छ । कामको जिम्मा लिएको ठेकेदार कम्पनी मार्फत हरिजनले काम गर्दै आएका विझिएको छ ।

करेन्ट लागेका हरिजनको पोलमै झुण्डिएको अवस्थामा घटना स्थालमै मृत्यु भएको हो । शव पोष्टमार्टमको लागि बागलुङ पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung