
बागलुङ सदरमुकाममा सरोकारवाला बिच छलफल गरि ३४ औँ अन्तराष्ट्रिय वेपत्ता दिवश मनाईएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ र न्यायको लागि द्वन्द्व पिडित समाज बागलुङको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले देखिने द्वन्द्व लाई मात्रै हेरिने भन्दै नदेखिने पनि धेरै प्रकारका द्वन्द्व हुने भएकोले त्यसको पहिचान गर्न जरुरी भएको बताए । गम्भीर पकृतिका घटनालाई समेत राज्यले गम्भीर रूपमा नलिएको भन्दै उनले अहिले बेपत्ता बारे भएको बास्तबिकता बाहिर ल्याउनु पर्ने पौडेलको भनाई थियो ।
कार्यक्रममा एडभोकेसि फोरमका संयोजक राम शर्मा, नेपाल रेडक्रस सोसाइटीका उपसभापती राजेन्द्र आचार्य, उच्च अदालत बारका अध्यक्ष केशब पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी कुष्मराज उपाध्याय, जिल्ला समन्वय समितिका अखिलनाथ शर्मा, न्यायका लागि द्वन्द्व पिडित समाजका केन्द्रीय सदस्य बद्री केसी, द्वन्द पिडित समाजका अध्यक्ष जसोदा शर्मा र बिमल बहादुर केसीले आफ्नो धारणा राखे । उ
नीहरुले देशमा बेपत्ता भएका ब्यक्तिहरूको बारेमा धेरै कुरा उठ्ने गरे पनि अहिलेसम्म त्यसको सभाधान हुन नसकेको बताए । समस्या समाधानको लागि राज्यको इच्छाशक्ति आवश्यक हुने उनिहरुको तर्क थियो ।
अहिले सरकारले बनाएको आयोगले समेत प्रभावकारी काम गर्न नसक्दा बेपत्ता परिवारको अवस्था उस्तै रहेको धारणा उनीहरुले राखे ।कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटीका सभापती जब्बर बहादुर लामिछाने, स्वागत सदस्य बिकास पौडेल र संचालन मन्त्री नारायण पौडेलले गरेका थिए । बागलुङ जिल्लामा राज्य र विद्रोही पक्षबाट गरि अहिलेसम्म २३ जना नागरिक वपत्ता रहेको तथ्याङ्क छ ।