२९ बैशाख २०८२, सोमबार

 

धौलागिरीमा ५/बागलुङमा २ संघिय क्षेत्र, तपाईको गाउँ/नगर प्रदेश सभामा कता ? पुरै विवरण

संघिय संचरनामा साबिकको धौलागिरी अञ्चलमा ५ वटा संघिय निर्वाचन क्षेत्र कायम गरिएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले बागलुङमा २ तथा म्याग्दी, पर्वत र मुस्ताङमा १/१ निर्वाचन क्षेत्र कायम गरेको हो ।

प्रदेश सभाफर्त केन्द्रीय संसदको दोब्बर १० वटा निर्वाचन क्षेत्र कायम भएका छन् ।

केन्द्रीय संसदमा बागलुङबाट २ सांसद

बागलुङको बागलुङ नगरपालिका, जैमीनी नगरपालिका, काँठेखोला गाउँपालिका र बरेङ गाउँपालिकालाई समेटेर १ नम्बर संघिय निर्वाचन क्षेत्र बनाईएको छ ।

२ नम्बर संघिय निर्वाचन क्षेत्रमा ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बाडीगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका परेका छन् ।

संघिय संसद्मा यि दुई निर्वाचन क्षेत्रबाट १/१ गरि जम्मा २ संसद प्रत्यक्ष निर्वाचित हुनेछन् ।

प्रदेश सभामा बागलुङबाट ४ सांसद
बागलुङ नगरपालिकाको वडा नम्बर–१ देखि ११ वडा र काँठेखोला गाउँपालिका प्रदेश सभामा १ नम्बर निर्वाचन क्षेत्र बनेको छ ।
प्रदेश सभामा बागलुङ नगरको वडा नम्बर–१२, १३, १४ र जैमीनी नगरपालिका तथा बरेङ गाउँपालिका दुई नम्बर निर्वाचन क्षेत्र भएका छन् ।

३ नम्बर निर्वाचन क्षेत्रमा गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बाडीगाड गाउँपालिका परेका छन् ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका प्रदेश सभाको ४ नम्बर निर्वाचन क्षेत्रमा परेका छन् ।

प्रदेश सभातर्फ एक निर्वाचन क्षेत्र एक सांसदका आधारमा बागलुङबाट चार सांसद निर्वाचित हुनेछन् ।

 

म्याग्दीबाट केन्द्रमा १ र प्रदेशमा २ संसद
बेनी नगरपालिका, अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिका १ नम्बर प्रदेश सभामा परेका छन् । २ नम्बर प्रदेश सभामा धौलागिरी गाउँपालिका, मंगला गाउँपालिका र मालिका गाउँपालिका परेका छन् । यसरी म्याग्दीबाट संघिय संसदमा १ र प्रदेश सभामा २ सांसद प्रत्यक्ष निर्वाचित हुनेछन् ।

पर्वत केन्द्रीय सांसद १ र प्रदेश सांसद २
पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपािलका र जलजला गाउँपालिका प्रदेश सभा तर्फ एक नम्बर निर्वाचन क्षेत्र बनेको छ ।
२ नम्बर निर्वाचन क्षेत्रमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिका रहने छन् । पर्वतबाट संघिय निर्वाचनमा एक र प्रदेश सभामा २ सांसद् निर्वाचित हुने छन् ।

मुस्ताङ केन्द्रीय सांसद १ र प्रदेश सांसद २

मुस्ताङ जिल्लामा लोमान्थाङ गाउँपालिका र दालोमे गाउँपालिका प्रदेश सभामा १ नम्बर र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका २ नम्बर निर्वाचन क्षेत्रमा परेको छ ।
मुस्ताङबाट पनि संघिय संसदमा १ र प्रदेश संसदमा २ सांसद निर्वाचित हुनेछन् ।

आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी देशभर प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung