३ श्रावण २०८३, आईतवार

 

नरेठाँटीका किसानलाई वडा कार्यालयले दियो तरकारीको विउ

गलकोट नगरपालिका–२ नरेठाटीका किसानहरुलाई निशुल्क बिउ बितरण गरिएको छ । वडा कार्यालयको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा तरकारीका बिउ बितरण गरिएको वडा अध्यक्ष हेमन्त भण्डारीले बताए ।
वडा भित्रका करिब ७ सय भन्दा बढि किसानहरुलाई काउलि, बन्दा, चौमासे सिमि, घिउ सिमि, मुला, रायो लगायतका बिउ बितरण गरिएको हो ।
वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ बिउ बितरण गरिएको वाड सदस्य घनश्याम कुबरले बताए । उनका अनुसार करिब ४३ हजार रुपैयाँको बिउ किसानलाई प्रदान गरिएको छ ।

वडामा अहिले २५, ३० जना किसानहरुले व्यवसायीक रुपमा तरकारी खेति गर्दै आईरहेका छन । नरेठाटीको तोरिखोला, बयली लगायतका किसानहरुले उत्पादन गरेको तरकारी स्थानिय घरगाउ सँगै नरेठाटी, हटिया लागयतका बजारमा खपत हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung