सिर्जनशिल पत्रकारिता पुरस्कारबाट म्याग्दीका पत्रकार सन्तोष गौतम पुरस्कृत भएका छन् । बागलुङका पत्रकार सिर्जना पन्त र सन्तोष क्षेत्रीले विवाह खर्चबाट रकम छुट्याएर स्थापना गरेको पुरस्कार यस बर्ष म्याग्दीका गौतमलाई प्रदान गरिएको हो ।
आदर्श सञ्चार सहकारीको ११ औँ बार्षिक साधारण सभामा पुर्वगभर्नर डाक्टर युवराज खतिवडाले नगद ५ हजार सहित दोसल्ला र सम्मान पत्र प्रदान गरे ।
पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलेको भुमिकालाई मुख्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको पुरस्कार छनोट समितिमा रहेका नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताए ।
गौतम बिगत एक दशकदेखी म्याग्दीमा रहेर पत्रकारिता क्रियाशिल छन् । उनी सगरमाथा टेलिभिजन, कारोवार दैनिक, रासस लगायतका सञ्चार माध्यममा कार्यरत छन् ।



















































































































































































































