११ कार्तिक २०८३, मंगलवार

 

ताराखोला–४ को वडा भेला, ५ बर्षमा विकासको अनुभुति दिलाउँछौँ अध्यक्ष घर्ती

ताराखोला गाउँपालिका वडा नम्बर–४ को भेला समपन्न भएको छ । भेलामा मन्तव्य राख्दै ताराखोला गाउँ पालिका अध्यक्ष प्रकाश घर्तीले तारखोला गाउँपालिकामा रहेको स्रोत र साधनको अधिकतम प्रयोग गर्दै स्थानीय विकासको गतिलाई अघि बढाउने बताए । उनले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर ५ बर्ष भित्र स्थानीय नागरिकलाई बिकासको बास्तबिक अनुभुती दिलाउने बताए ।

भेलाले ताराखोला गाउँपालिकाको अन्य वडामा स्वास्थ संस्था र वडा भबन भएको र ४ नम्बर वडामा मात्र नभएकोले स्वास्थ संस्था स्थापनाका लागि पहल गर्ने बताए ।

वडा भवनका लागि जग्गा ब्यबस्थापन गर्न वडा अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरियको छ ।

त्यसै गरि ताराखोला गाउपालिका वार्ड न ४ मा तुलमाया निउरेको अध्यक्षता मा १३ सदस्यीय महिला संजाल, धन बहादुर पुलिसाकोको अध्यक्षता ११ सदस्यीय जनजाती संजाल, जित बहादुर घर्तीको अध्यक्षतामा ११ सदस्यीय युवा संजाल, खगराज सापकोटाको अध्यक्षता मा १३ सदस्यीय कृषि संजाल, नरसिंह दर्जीको अध्यक्षता मा १३ सदस्यीय दलित संजाल, शशिधर निउरेको अध्यक्षतामा ९ सदस्यीय अपांग संजाल र समर बुढा थोकीको अध्यक्षता मा ९ सदस्यीय बाल संरक्षण समिति को गठन गरेको छ ।

भेलामा ताराखोला गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन रोका, ताराखोला गाउँपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश केसी, कार्यपालिका सदस्य धन बहादुर विक, ताराखोला स्वास्थ चौकी इन्चार्ज संकर बिष्ट, प्रेस सेन्टर ताराखोलाका संयोजक पूर्णभद्र निउरे लगायतले मन्तव्य राखे ।

भेला ताराखोला गाउँ पालिका वार्ड न ४ का अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षता र सामाजिक परिचालक भिमा रोका को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung