नेकपा माओवादी केन्द्र बागलुङको संगठन सुदृढिकरण, बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तरगत जिल्लाको गलकोट नगरपालिका हटियामा भेला सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा बागलुङका ईन्चार्ज फमलाल निउरेले कार्यकर्ताहरुलाई आर्थिक प्रलोभनमा नपरी पार्टीको विचार सिद्वान्त र व्यवहारलाई पालना गरि सम्वृद्व राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
उहॉले सर्वहारा वर्गलाई राज्यको मुलधारमा ल्याउने पार्टी माओवादी केन्द्र मात्रै रहेकोले जनता भ्रममा पर्न नहुने कुरामा समेत जोड दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिल, नेकपा माओवादी केन्द्रका जिल्ला सह संयोजक तथा ताराखोला गाउॅपालिका अध्यक्ष प्रकाश घर्ती मगर, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सचिव भविकला रोका, र नेपाल दलित मुक्ति मोर्चा ४ नं प्रदेश सह ईन्चार्ज डिल बहादुर परियारले प्रशिक्षण मन्तव्य राखे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी प्रतिनिधी जिल्ला समन्वय समिति सदस्य दल बहादुर थापालाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न जनवर्गीय संगठनको समेत गठन गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।



















































































































































































































