११ कार्तिक २०८३, मंगलवार

 

दुर्घटनामा परी एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक घाइते

नेकपा एमालेका नेताहरु चढेको गाडीलाई विपरित दिशाबाट आउदै गरेको जीपले आइतवार मध्यान्ह ठक्कर दिदा एमाले नेता कृष्ण पाठक र जीपमा सवार एक युवती घाइते भएका छन् ।

बागलुङ बजारबाट जैमिनी नगरपालिका वडा नम्बर—२ दमेकमा आयोजित पार्टीको वडा भेलामा सहभागी हुन जाने क्रममा नेकपा एमालेका नेताहरु चढेको गाडीलाई  कुश्मिसेराबाट आउदै गरेको जीपले ठक्कर दिदा नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक घाइते भएको हुन् । यस्तै ठक्कर दिने जीपमा सवार जैमिनी नगरपालिका–७ की २७ वर्षीया बिमला सुवेदी पनि घाइते भएकी छन् ।

घाइते पाठक र सुवेदीको धौलागिरि अञ्चल अस्पतालमा उपचार भैरहेको छ । पाठकको दायाँ तर्फको निधारमा चोट लागेको छ । ३ वटा टाँका लगाइएको  र अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । जैमिनी नगरपालिका वडा नम्बर–१ साविक कुश्मीसेरा–२ टुनीबोटमा कुश्मिसेराबाट स्पिडमा आउदै गरेको जीपले एक्कासी ठक्कर दिदा पाठक सहित एमालेका अन्य नेताहरु समेत सामान्य घाइते भएका छन् ।

पाठकसंगै गाडीमा संगै रहेका एमाले प्रदेश नंं. ४ संगठन कमिटिका सदस्य श्रीप्रसाद शर्मालाई हातमा र एमाले केन्द्रीय उर्र्जा तथा जलस्रोत  विभागका सदस्य हिराबहादुर केसीलाई घुडामा सामान्य चोट लागेको छ ।   त्यस्तै जिल्ला सदस्य इन्द्रबहादुर थापा र गाडीका चालक टिकादत्त उपाध्यायलाई  पनि सामान्य चोट लागको छ ।

पार्टी कार्यक्रममा सहभागी हुन दमेकतर्फ जादै गरेका एमाले नेताहरु चढेको बा ६ च ८२१७ नम्बरको ल्याण्डक्रुजर गाडीलाई कुश्मीसेराबाट आउदै गरेको ध १ ज ५११ नम्बरको जीपले एक्कासी ठक्कर दिदा पाठक सामान्य घाइते भएका छन् ।

कुश्मिसेराबाट तिब्रगतिमा जाँदै गरेको जीपले टुनीबोटमा एमाले नेताहरु चढेको गाडीलाई ठक्कर दिएको प्रहरी चौकी कुश्मिसेराका प्रहरी सहायक निरिक्षक देवराज बाँनियाले जानकारी दिए । नेताहरु चढेको गाडी दुर्घटनामा परेपछि नेकपा एमाले जैमिनी नगरपालिका वडा नंं. २ को भेला स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung