नेकपमा माओवादी केन्द्रका केन्द्रय सचिवालय सदस्य तथा प्रदेश नम्बर–४ का ईञ्चार्ज देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् ।
माओवादी केन्द्र नगर संगठन समिति बागलुङले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै गुरुङले नेपाल विविधतापुर्ण मुलुक भएकाले सवैपक्षको एकता विना बलियो राष्ट्र बन्न नसक्ने बताए । ‘नेपाल बहुजातीय, बुहुसाँस्कृतिक, बहुधार्मिक तथा बहुभाषिक मुलुक हो,’ उनले भने, ‘अतिबादी सोचले हाम्रो जस्तो विविधता भएको देशलाई एकताबद्ध गर्दैन, झन् द्वन्द्व बढ्छ, अराजकताले विखण्डन निम्त्याउँछ ।’
माओवादीले हिमाल, पहाड र मधेशका भावनालाई समेटेर एकताबद्ध मुलुक बनाउन चाहेको उनले बताए । ‘अहिले पहाड र मधेश दुवैतिर देखिएको अतिवादले कसैको हित गर्दैन, सवै विविधतालाई जोड्ने बृहत राष्ट्रिय एकता आवश्यक छ,’ नेता गुरुले भने ।
राजनीतिक अस्थिरताको अन्त्य गर्दै नेपाली राष्ट्रियतालाई बलियो बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पुर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउनुएको विकल्प नरहेको उनको तर्क छ ।
‘प्रत्यक्ष निर्वाचित कार्याकारी प्रमुख सहितको कार्यपालिका र पुर्णसमानुपातिक निर्वाचन प्रणालीले अहिले देखिएका समस्याको हल गर्छ,’ उनले अगाडी थपे, ‘यसले एकतिर कम्तिमा ५ बर्ष एउटै सरकारले देश चलाउँछ, अर्को जनसंख्याका आधारमा सवैको प्रतिनिधित्व नीति बनाउने तहमै भएपछि कसैलाई पनि विभेदको महसुस हुँदैन ।’
माओवादी केन्द्र प्रदेश नम्बर–४ का ईञ्चार्ज समेत रहेका उनले निर्वाचन प्रणालीलाई पुर्णसमानुपातिक बनाउँदा वित्तिकै करोडौँ खर्च गरेर चुनब लड्नुपर्ने र आफ्नो लगानी उठाउन अनियमितता गरेरै भएपनि पैसा कमाउनै पर्ने बाध्यताको अन्त्य गर्ने भएकाले भ्रष्टाचार समेत न्युनिकारण हुने धारणा राखे ।
‘हामीले यि दुई मुद्धा पहिलेदेखि नै उठाउँदै आएका हौँ, नयाँ संविधानमा समेट्न सकिएन,’ उनले भने, ‘मंसिरमा हुने निर्वाचनमै त यो सम्भव छैन, तर त्यसपछि संविधान संसोधन गरेर यो व्यवस्था गर्नैपर्छ ।’
नेता गुरुङले स्थानीय पार्टी कमिटीलाई चुस्त र व्यवस्थित बनाउँदै मंसिरमा हुने प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
अर्का केन्द्रीय सचिवालय सदस्य वलावती शर्माले समयको चापलाई ख्याल गर्दै चुनावि तयारीमा लाग्नुपर्ने बताईन् । कार्यक्रममा माओवादी केन्द्रका नगर संगठन समिति कोषाध्यक्ष अर्जुन चोखालले पार्टी केन्द्र, प्रदेश र जिल्लाको परिपत्र वाचन गरेका थिए । उनले नगर संगठन समितिको आगामी कार्ययोजना समेत प्रस्तुत गरे ।
राष्ट्रिय वुद्धिजीव संगठनका केन्द्रीय सदस्य डाक्टर दिनबाहादुर थापाले बुद्धिजीविको संगठनलाई पार्टीले प्राथमिकतामा नराखेको गुनासो गरे ।
भेलाले पुर्णराज रेग्मीको संयोजकत्वमा ११ सदस्यीय नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनको नगर स्तरिय भेला आयोजनक समिति गठन गरेको छ ।
प्रशिक्षण कार्यक्रममा जिल्ला ईञ्चार्ज फमलाल निउरे, सहईञ्चार्ज चन्द्रबहादुर बुढा, संयोजक ज्ञामनाथ गैरे अनिल पनि उपस्थित थिए ।
बागलुङ नगरपालिका भित्रका नेता कार्यकर्ता सहभागी कार्यक्रम नगर अध्यक्ष कुमार विक्रम क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष टिका विकको स्वागत र सचिव बाबुडियर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































