१० कार्तिक २०८३, सोमबार

 

ताराखोला–३ हिलमा बनाईयो मोटरबाटो उपभोक्ता समिति

ताराखोला गाउँपालिका वार्ड नम्बर ३ हिलमा वार्ड भेला सम्पन्न भएको छ । गाउँपालिका प्रमुख प्रकाश घर्तीको बिशेष उपस्थित रहेको कार्यक्रममा ताराखोला गाउँपालिका वडा नम्बर ३ र ४ मोटर बाटो निर्माण उपभोक्त समिति गठन गरिएको छ ।

पुरण थापा अध्यक्ष रहने गरि १ जना सदस्य पछि थम्ने गरि ९ समिति गठन गरिएको छ । जस्को सचिवमा रवीन्द्र चोखाल, कोषाध्यक्षमा सीता सापकोटा त्यस्तै सदस्यहरुमा सन्दकुमारि बस्नेत, पदम चालिसे, टिकाराम निउरे , रुपा घिमिरे र खड्क बहादुर कार्की रहेका छन् । वडा सदस्य हेमन्त घिमिरे अध्यक्ष रहने गरि ५ सदस्य अनुगमन समिति समेत गठन गरिएको छ ।

जस्को सदस्यमा जनप्रतिनिधि तेजुमाया भणडारि परियार, पशु प्राबिधिक गंगामति रोका प्रेम गिरि र कर्ण बहादुर भण्डारी रहेका छन् । कार्यक्रममा गाउँपालिका प्रमुख प्रकाश घर्तीले युवाहरुले विदेश जाने सपना नदेखी आफ्नो गाउँ बनाउने सपना देखनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा डिसिआरडिसि बागलुङका प्राबिधिक कृष्ण गौतम र वडा सचिव डोलराज पौडेल लगाएतको उपस्थित रहेको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख घर्तीको प्रमुख आतिथ्य, वार्ड अध्यक्ष डिल बहादुर बस्नेतको अध्यक्षता र गाउँपालिका प्रतिनिधि तेजुमाया भण्डारी परियारको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung