१ जेष्ठ २०८१, मंगलवार

 

एनआईसी एसिया बैंक बागलुङले गर्दैछ एक बर्ष नपुग्दै राम्रो कारोवार

एनआईसी एसिया बैंकको बागलुङ शाखा खुलेको १० महिना पुरा भएको छ । स्थापना भएको १० महिना बैङ्कले आफुले दिने सेवा मार्फत बागलुङवासीको मन जित्ने प्रयार गरेको छ ।

देशभर १२० शाखा भएको बैङ्कले २०७३ कार्तिकदेखि बागलुङमा आफ्नो कारोबार सुरु गरेको थियो । स्थापनाको एक बर्ष पुग्नै लाग्दा कारोबार क्रमश बढ्दै गएको शाखा प्रवन्धक सन्तोषराज शर्माले बताए ।

‘हामी बागलुङ आएको अझै एक बर्ष पुगेको छैन तर यहाँका ग्राहकको मायाँले बचत तथा लगानी दुवैतिर राम्रो भएको छ,’ शर्माले भने, ‘अरु सेवामा पनि राम्रो प्रगति भईरहेको छ ।’

उनका अनुसार बैङ्कबाट अहिले व्यवसायिक कर्जा, विपन्न कर्जा, घर कर्जा, गाडी कर्जा, व्यक्तिगत कर्जा न्युन व्याजदरमा दिने गरिएको छ । वचतमा ९ प्रतिशतसम्म व्याजदिने गरिएको उनको भनाई छ । अहिले विशेष अफरको रुपमा ‘अन द स्पोर्ट’ गाडिकर्जा सुरु गरेको शाखा प्रवन्धक शर्माले बताए ।

बैङ्कमा पहिलो वर्ष शुन्य मौज्दातमा नै खाताखोल्न सकिने, क्रेडिट कार्ड जारी गर्दा विशेष छुट, निशुल्क भिजा कार्ड, निशुल्क एसएमएस बैकिङ्ग तथा इन्टरनेट बैकिङ्ग जस्ता सुविधा प्रदान गरेको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्