१ जेष्ठ २०८१, मंगलवार

 

ग्राहकको सन्तुष्ठि हाम्रो प्रथामिकता

 बागलुङमा नेपाल बंगलादेश बैङ्कले आफ्नो कारोवार व्यवसायीहरुलाई लक्षीत गरेर अगाडि बढाएको छ ।
शाखा प्रबन्धक ईश्वरीप्रसाद पोखरेलका अनुसार व्यवसायिक कर्जा र बचतलाई लक्षीत गरेर ग्राहक लाई आकर्षण गर्न लागेको छ । हामिले वचतका साथसाथै बागलुङका व्यवसायिक हरुलाई विभिन्न खाले कर्जाहरु ल्याएका छौं पोखरेल ले भने । ४७औं शाखाको रुपमा स्थापना भएको यस बैङ्कले व्यापार,गाडि,घर र अन्य विभिन्न विषयका कर्जाहरुमा सर्वसुलभ व्याजदरमा राखेको छ ।

त्यस्तै वचत तर्फ एक बर्षे मुद्धतिमा न्युनतम एक लाख राखेमा ११ प्रतिशतको दरले मासिक व्याज भुक्तान हुने शाखा प्रवन्धक पोखरेल बताए ।
उपभोक्तालाई लक्षीत गरेर विभिन्न देशहरुबाट पठाएको रकम सर्वसुलभ ढङ्गले प्राप्त गर्ने सेवा यस बैङ्कले उपलब्ध गराएको छ ।

ईन्टरनेट बैकिङ्ग मोवाईल एस एम एस बैकिङ्क लगाएतका सुविधा
रहेको छ ।
भविश्यमा पनी ग्राहकलाई लक्षीत गरेर नयाँ सेवा सुविधा ल्याउने योजना रहेको शाखा प्रवन्धक पोखरेलले बताए ।
वचत हाम्रो प्राथमिकतामा छ , किनभने यो क्षेत्रका धेरै नागरिक वैदेशिक रोजगारीमा छन । त्यसका साथसाथै ग्राहकको सन्तुष्ठि हाम्रो मुख्य लक्ष्य हो ।

प्रतिक्रिया दिनुहोस्