१ जेष्ठ २०८१, मंगलवार

 

मनि ट्रान्सफर व्यवसायमा फड्को मार्दै कुवंर

बैदेशिक रोजगारीमा जाने क्रम बढेपछि बागलुङ बजारमा मनि ट्रान्सफर व्यवसाय फस्टाएको छ । यस्तो मनि ट्रान्सफर व्यवसायमा लगानी गरेका क्विक मनि ट्रान्सफरका प्रोपराईटर विष्णु कुवंर ले भने, “मैले पहिला अरुनै व्यवसाय गर्ने सोच बनाएको थिए तर समयको माग अनुसार मैले यो व्यवसाय सुरुवात गरेको छु । दैनिक कारोवारले म उत्साहित छु ।”

२० भन्दा बढि रेमीट्यान्स कम्पनी सगं प्रत्यक्ष सहकार्य गरेर मैले उपभोक्ताहरुलाई सेवा दिइरहेको छु । विश्व व्यापी संजाल भएका मनि ट्रान्सफर कम्पनीहरु मार्फत सेवा दिदा उपभोक्ता लाई धेरै सहज भएको छ । “मलेशिया, गल्फ कन्ट्रि, युरोप, अमेरिका,जापान लगाएतका विश्वको जुनसुकै कुनाबाट पनि भरपर्दाे ढङ्गले पैसा पठाउन र प्राप्त गर्न सकिन्छ” कुवंर भने ।

बागलुङ बजारमा विभिन्न विषयका व्यापारहरु बढेसगै व्यवसायिक कारोवार पनि बढेको छ । जसले गर्दा मनि ट्रान्सफरहरुबाट छिटो छरितो ढङ्गले पैसा व्यवसायिकहरुले सहज रुपमा पठाईरहेका छन । बैङ्क निश्चित समयमा मात्र खुल्ने गर्छन,तर यस मनि ट्रान्सफरबाट विहानदेखि बेलुकासम्म सेवा प्रदान गरिने भएकाले ग्राहकहरु यस्ता मनि ट्रान्सफरमा आकर्षित हुने गरेको संचालक कुवंर बताए ।

हाल ३ जना जनशक्तिबाट सेवा दिइरहेका कुवंरले दैनिक बढिमा १०० जनासम्म उपभोक्तालाई सेवा दिईरहेको छ । दशै तिहारको उपलक्ष्यमा आइएमई, सिटी एक्सप्रेस, लगाएतका मनि ट्रान्सफर कम्पनी हरुले दशै तिहारको उपलक्ष्यमा हरेक दिन उपहारको कार्यक्रम गरेको कुवंरले बताए ।

प्रतिक्रिया दिनुहोस्