आश्विन संक्रान्तिका दिन कालीगढले विभिन्न स्थानमा विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाएका छन् ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास अनुसार नेपालका कालीगढले आईतबार भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।
सो दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । यसै अवसरमा ढोपाटन नगरपालिकाको बुर्तिबाङमा बिस्वकर्मा पुजा आयोजक समितिले बिगतका बर्षमा जस्तै यस बर्ष पनि ‘बिश्वकर्मा बाबाकी जय,हामि मजदुर सबै एक हौँ भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
सस्थाका सदस्य दीपक कुमार अदैको अध्यक्षता रहको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा न.१ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि भण्डारीले कार्यक्रमको ब्यानर खोलेर विश्वकर्मा बाबाको मुर्तिमा माला अबिर लगाई कार्यक्रको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै भण्डारीले बिश्वकर्मा बाबा हस्तकला शिल्पकार,हतियार बिज्ञका रुपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणाको सा्रेत भएकोले सम्मान गर्नु पर्ने हामि सबै नेपाली श्रमजिवि भएकोले सबैले कामको सम्मान गर्नु बताए ।
कोहि धनि कोहि गरिब नभनि सबै बराबर श्रमजिवि भएकोले त्यस दिनलाई सबैले खुसिको दिनको रुपमा मनाउनु पर्ने बताए । कार्यक्रममा ढोरपाटन नगरपालिका वडा न.२ का युवराज महत वडा न.३ का हेमेन्द्र घर्ति एकिकृत सेवाकेन्द्र बुर्तिबाङका नायब सुब्बा लोक बहादुर कुवँर इलाका प्रहरीकार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण बहादुर राना,राइजिङ युवा क्लबका उपाध्यक्ष बुद्धजगं बिश्वकर्मा सामुदायि रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छबिलाल पाण्डे रेडियो बुर्तिबाङका योगेन्द्र विश्वकर्मा लगाएको उपस्थिति रहेको थियो ।
सो अबसरमा एकल नृत्य प्रतियोगिता र नब प्रतिभा सम्मान कार्यक्रम समेत राखियको थियो । २२ टिमको सहभातिता रहेको नृत्य प्रतियोगितामा सोभा बिश्वकर्मा प्रथम, सबिना खातुन द्धितिय, कल्पना सुनार तृतिय, मनिषा भण्डारी र स्मृति पुन सान्त्वना, भएका हुन् भने नबप्रतिभा पुरस्कार जसमिन छन्त्याल र ममता छन्त्यालले प्राप्त गरेका छन ।



















































































































































































































