७ जेष्ठ २०८१, सोमबार

 

सौन्दर्य कला व्यवसायी संघ बागलुङमा आयो नयाँ नेतृत्व

सौन्दर्य कला व्यवसायी संघ बागलुङमा नयाँ नेतृत्व आएको छ । संघको बागलुङ बजारमा भएको नवौँ साधारण सभा तथा चौथो अधिवेशनले सनिशा लामाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पार्वती अधिकारी र सपना श्रेष्ठ रहेका छन् । सचिवमा मिना जिसी कँडेल, सहसचिवमा तारा विष्ट, कोषाध्यक्ष लक्ष्मी पन्त र सहकोषाध्यक्ष ललिता पुन रहेका छन् ।

अधिवेशनमा संस्थालाई कसरी थप व्यवस्थित र प्रभावकारी बनााउन सकिन्छ भन्ने बारेमा छलफल भएको नवनिर्वाचित उपाध्यक्ष पार्वती अधिकारीले जानकारी दिईन् ।

कार्यक्रम सौन्दर्य कला व्यवसायी संघ बागलुङका अध्यक्ष सोमना शाक्यको अध्यक्षता, उपाध्यक्ष सनिशा लामाको स्वागत र सचिव पार्वती अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्