१ जेष्ठ २०८२, बिहीबार

 

खुंखानीको मुहार फेरिदै 

पछिल्लो समय शैक्षिक र आर्थिक अवस्थामा परिवर्तन भएसँगै तमानखोला गाँउपालिकाको वडा नं ५ र ६ खुंखानी गाँउको विकास र चेतनामा परिवर्तन हुँदै जान थालेको छ ।  विकासको आयाम र आर्थिक शैक्षिक अवस्थाबाट सदियौँ देखि पछाडि पर्दै आएको त्यस क्षेत्रका दलित ,जनजाती समुदायका मानिसहरु पछिल्लो समय हरेक कार्यमा चेतनशील र सभ्य एवम विकासको माध्यमबाट समेत नजिक हुन पाएका छन् ।

त्यस क्षेत्रको खुंखानी, थास्पुरी, झेप्टेघाट, अन्र्तरधेडा, धिकिबोट, भुमेथान, खवाङ , नर्जाखानी, भित्रिवन, पात्ले, लगाएतका क्षेत्रका करीब २ हजार मानिसको बसोबास रहेको छ । जसमध्ये करीब ३ सय पचास युवा पिँडी बैदेशिक रोजगारीको क्रममा साउदि ,कतार, दुबई, कोरीया, जापान लगाएतका देशमा रोजगारीको सिलसिलामा रहेका छन् ।

विगत केहि वर्ष पहिले १२ वर्ष उमेर पुग्दा केटा केटी मिलेर विवाह गर्दथे पछिल्लो समय त्यो क्रम हट्दै गएको छ । १५÷१६ बर्षको उमेरमा विवाह भईहाले पनि केटा बिदेश जाने तर केटीले आफनो अध्ययनलाई निरन्तरता दिँदै जान थालिसकेका तमानखोला गाँउपालिका वडा नं ५ खुंखानीका वडा अध्यक्ष हिराबहादुर श्रीपालीले बताए ।

स्थानीय स्तरमा आर्थिक उपार्जनको श्रोत नभएपनि त्यस क्षेत्रका प्रत्येक घरदुरीबाट एक न एक जना बैदेशिक रोजगारीमा रहेका कारण आर्थिक क्षेत्रमा समेत सम्पन्नता हुँदै जान थालेको छ ।त्यस्तै सामाजिक सभ्यता, रहन सहन तथा शैक्षिक अवस्थामा समेत परिवर्तन हुन थालेको हो । केहि वर्ष पहिले कक्षा ५ सम्म अध्ययन गरेर बिचैमा विवाह गर्ने, पढाई छोड्ने प्रवृति थियो ।

पछिल्लो समय अभिभावक र स्थानीय बुद्धिजिवी विच चेतनाको बिस्तार सँगै आफना बालबच्चालाई सानै उमेरमा विवाह गर्ने र पढाई रोक्ने प्रक्रिया बिस्तार हट्दै जान थालेपछि एसईईसम्मको अध्ययन पुरा गर्न थालिसकेका छन् । यस्तो बिकराल समस्या हट्दै गएको छ । तर त्यसलाई निर्मुल पार्ने आफुहरुले शैक्षिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको वडा अध्यक्ष श्रीपालीको भनाई छ ।

गत वर्षदेखि बुर्तिबाङ बोङगादोभान हुँदै खुंखानीसम्म सिधा सडक सञ्जाल जोडिएपछि स्थानीयको दैनिकीमा समेत परिवर्तन आउन थालेको छ । हरेक सामान घोडा खच्चडको माध्यमबाट ढुवानी गरेर बिक्री गर्दा महँगो मुल्यमा सामान किन्नुपर्ने बाध्यता हट्दै जान थालेको छ । बिहान बुर्तिबाङ आएका मानिसहरु सवारी सिधा सञ्चालन हुँदा साँझ सामान लिएर गाँउ फर्किने गर्दछन ।

यस समयमा वर्षातका कारण सडक अवरुद्ध भएका कारण केहि असहजता भईरहेको छ । अब तत्कालै दोजरको माध्यमबाट सडक सफाई गरेसँगै सिधा सवारी सञ्चालनमा आउने तमानखोला गाँउपालिका कार्यकारी अधिकृत खिमबहादुर विकले बताए ।  यस व्र्ष तमानखोला गाँउपालिकाले खुंखानी क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगाएतका विकास निर्माणमा करीब १ करोड बजेट विनियोजन गरेका कारण अबका दिनमा बिस्तारै विकासले मुहार फेर्ने र त्यहाँका मानिसहरुको चेतना स्तर समेत विकसित हुँदै जाने वडा अध्यक्ष हिराबहादुर श्रीपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung