आर्थिक विकास रुपान्तरणको सहकर्मी सहकारी भएको सहकारी तथा गरीबी निवारण राज्यमन्त्री चम्पादेबि खड्काले बताईन । त्रिवेणी बचत तथा ऋण सहकारी सस्था लीमिटेड, ढोरपाटन नगरपालिका १ बुर्तिबाङले आयोजना गरेको सम्मान कार्यक्रममा यस्तो बताइन ।उनले सहकारीले प्रत्येक नागरीकलाई स्वरोजगार बन्न सहयोग गर्नुपर्ने बताउँदै अब नेपालमा सहकारी ऐन आईसकेकाले त्यसको मुल्य र मान्यतालाई बुझेर त्यसको अधिकार प्रयोग गरेर काम गर्नुपर्ने बताईन ।
त्रिवेणी बचत तथा ऋण सहकारी सस्था लीमिटेडका अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता , रहेको कार्यक्रममा मन्त्री खड्काको स्वकीय सचिब तिल बहादुर अधिकारी , ईलाका प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक कृष्ण रानाको बिशीष्ट आतिथ्यता तथा लेखा संयोजक ढालेन्द्र छन्त्याल , संरक्षक घनश्याम शर्मा चालीसे, सञ्चालक समितीका पधादीकारी र सेयर सदस्यहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष उपाध्यायले सहकारी तथा गरीबी निवारण ,राज्यमन्त्री जस्तो गरीमामय पदका व्याक्तित्वलाई सहकारीमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै , ऐनमा उल्लेख गरीएको तर सो सहकारीले नगरेको केहि काम भएमा पुरा गर्ने प्रतिबद्धता जनाए । साथै सोहि अवसरमा संस्थाले राज्यमन्त्री खड्कालाई दोसल्ला ओडाएर मायाँको चिनो प्रदान गरेको थियो । यसैबिच नवयुवा बचत तथा ऋिण सहकारी सस्था लीमिटेड र नारी शक्ति बुर्तिबाङले पनि खड्कालाई स्वागत तथा सम्मान गरेका थिए ।













































































































































































































