२९ बैशाख २०८२, सोमबार

 

ताकमको घुम्ती शिवीरमा १२१ जनाले पाए नागरिकता

म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा बिहीबार घुम्ती शिवीर सम्पन्न भएको छ । धौलागिरी गाउँपालीकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन शिवीर सञ्चालन भएको हो ।

विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताए । सहायक प्रजिअ आचार्यका अनुसार शिवीरमा १२१ जनालाई नागरीकता वितरण गरिएको छ ।

शिवीरबाट नागरीकता लिनेमा अधिकांश अपाङ्गता, अशक्त र जेष्ठ नागरीक छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले धौलागिरी गाउँपालीका ३ मुनाका ७६ वर्षिय चन्द्रबहादुर खत्री र रमीता खत्रीलाई नागरीकता प्रदान गरेर शिवीरको सुरुवात गरेका थिए ।

ताकम, मुना, मुदी, लुलाङ, मराङ, मल्कवाङ र गुर्जाका बासिन्दा शिवीरबाट लाभान्वित भएका छन् ।विभिन्न कारणले बेनी सम्म पुगेर सेवा लिन नपाएका सर्वसाधारणको सुबिधाका लागि गाउँमै घुम्ती शिवीर आयोजना गरीएको गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung