२ जेष्ठ २०८२, शुक्रबार

 

बागलुङमा सूचनाकाे हकसम्बन्धी अभिमुखिकरण 

सुचना हाम्रो अधिकार सुशासन र बिकासकाे अाधार कुनै पनि सार्वजनिक सराेकार थाहापाउने नागरिकको अधिकार भन्ने मुल नारासाथ सूचनाकाे हकसम्बन्धी अभिमुखीकरण  सम्बन्धि दुई दिने  अन्तरक्रिया कार्यक्रम बागलुङमा शुरू भयो  ।

सूचनाकाे हकअधिकार भनेकाे खाली नेपालका पत्रकारलाई मात्रै हाे भने भन्ने अहिलेसम्म भ्रम रहेको छ यो सूचनाको हक भनेकाे सबै नेपाली जनताको लागि हाे भन्ने कुरा स्पष्ट हुन जरुरी रहेको धारणा कार्यक्रममा सराेकारवालाले राखेका थिए । रास्ट्रिय सूचना अायाेग काठमाडौले अायाेजना गरेको  कार्यक्रममा सूचना अायुक्त यशाेदा तिमिल्सिनाले अहिले रास्ट्रिय सूचना अायाेगकाे काम खाली कर्मकाण्डे मात्रै भएको धारणा राखे ।

अहिले भएको सूचना लाई जनतालाई दिन सकेमात्र लाेकतन्त्र बलियो हुने हुदा सूचना सहजरूपमा दिनुपर्ने अायुक्त  तिमिल्सिनाले बताईन् । ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले सूचनाको हकसम्बन्धी अधिकार नेपाली जनतालाई दिने भनेर नेपालकाे संविधानले दिएपनि अझै पनि सूचना सरलरूपमा पाउन गार्‍हो छ यसलाई सहज बनाउन जरुरी रहेको धारणा राखेका थिए ।

कार्यक्रममा   कार्यपत्र रास्ट्रिय सूचना अायाेगका उपसचिव अमृतमान श्रेष्ठ पत्रकार अमृता लम्सालले सूचना भनेकाे सरकारी निकाय मात्रै हैन राजनीतिक दल र गैर सरकारी संस्था र निजी क्षेत्र भएको बताउदै यसलाई सबैले फराकिलो ढंगले बुझ्न जरुरी रहेको बताए  ।

कार्यक्रममा  संचारिका समुह पश्चिमअ्चल  पाेखराका संयाेजक जमुना शर्मा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीष स्थानीय बिकास अधिकारी रामप्रसाद अाचार्य पत्रकार प्रकाश बराल सज्जन कुमार सिंह बिजय राना तारानाथ अाचार्य प्रदिप पन्त  रास्ट्रिय उपभोक्ता मन्च नेपालका केन्द्रीय सदस्य रामबहादुर केसीले मन्तब्य धारणा राखेका थिए ।

कार्यक्रम संचालन रास्ट्रिय सूचना अायाेगका कर्मचारी बिक्रम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung