३१ बैशाख २०८२, बुधबार

 

 समुन्द्रमा फोहोरको टापु 

प्लास्टिकको बट्टा , टुटेफुटेका सामान , पुराना लुगा , प्रयोग भइसकेको सुई र मरेका जनावर । यो कुनै फोहोरको पहाडमा देखिने वस्तु हुन सक्छन् । तर, होन्डुरस र ग्वाटेमालबीचको क्यारेबियन सागरमा फैलिएको फोहोरका नयाँ टापुले दुवैतिरका टापुलाई हेरिरहेको छन् र ती टापु कहिलेकाही त पौडिदै पौडिदै किनारसम्म पनि आइपुग्छन् । सम्मुद्रमा तैरिएका फोहोरको विशालकाय टापु तत्काल यी दुवै देशवीचको तनावका कारण तयार भएको हो । यद्यपि यो कुनै नयाँ विषय भने होइन । अन्तराष्ट्रिय समुदायमा यसबारे कमै जानकारी छ । केही साताअघि फाहोरको यो तैरिएको भीमकाय टापुका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

बैलायती फोटोग्राफर क्यारोलाइन पावरले रोआइटन पर्यटक द्धीपको निकट समुद्रका केही तस्वीर प्रकाशित गरेका छन् । जसमा फोहोरको तैरिदै गरेको एक विशाल टापु देखिन्छ । तस्विरको प्रकाशन र होन्डुरसको उत्तरी किनारका कैयौ नगरपालिकाको किनारसम्म फोहोरको यस तैरिदै गरेको समुन्द्र पुगेपछि दुवै देशका सरकारी अधिकारीको एक वैठक सम्पन्न भएको छ । स्थानीय अधिकारीका अनुसार बैठकमा यस विषयमा कुराकानी भयो  कि विगत तीन वर्षदेखि जारी यस स्थितिबाट छुट्कारा पाउन के के गर्नुपर्ला ? तर, यस बैठकमा एउटा मुल मुद्दालाई लिएर तनाव पनि भयो, फोहोरको यस समुन्द्रका लागि कसलाई जिम्मेवार ठह¥याउने ? एकातिर होन्डुरसले ग्वाटेमालामाथि ओमोआ , प्युर्टेकोटस बे–आइल्यान्डसम्म पुगेको यो फोहोर फौलिएको आरोप लगायो भने त्यहीनेर ग्वाटेमालाले भन्यो कि होन्डरस आफ्नो फोहोरमैला समुन्द्रमा फ्याकिरहेको छ र समुन्द्रलाई ध्वस्त बनाइरहेको छ ।

द्धिपक्षीय बैठकपछि ग्वाटेमालालाई फोहोर नियन्त्रित गर्न पाँच साताको समय दिइएको छ । विगत ६० वर्षदेखि कार्लाे फोनसेका प्युर्टे कोर्टेस नगरपालिकाको ट्रावेसियामा बसोवास गरिरहेका छन् । उत्तरी होन्डुरसमा रहेको यस स्थानबारे उनी भन्छन् कि विगत वर्षदेखि उनी नियमित रुपमा सबेरै उठेर समुन्द्रको किनारमा आएको फोहोर सफा गरिरहेका छन् । उनले बिबिसीलाई बताए वर्षाको मौसममा हामी सबेरै उठेर फोहोर सफा गर्छाै । दिउँसोसम्ममा फेरि किनारमा फोहोर आउँछ , यदि हामीले केही गरेनौ भने यो एकत्रित हुन्छ र सबैतिर फोहोर ने फोहोर देखिन थाल्छ । फोन्सेका अगाडि भन्छन् नगरपालिकाका अधिकारीले फोहोर सफा गर्नुभन्दा अगाडि यो फोहोर सफा गर्नु हाम्रो आफ्नै जिम्मेवारी हो । आफ्नो क्षेत्र आफैले सफा राख्नुपर्छ ।

हाम्रो बस्ती नजिकको समुन्द्री किनारमा आइरहेको फोहोरले आफ्नो साथमा विभिन्न रोग पनि ल्याइरहेको छ । हामीलाई थाहा छैन , समुन्द्रमा यो फोहोर कसले र किन फाल्छ ? होन्डुरस या ग्वाटेमाला , जसले फालेको भए पनि यो फोहोर हाम्रा लागि खराब सपनाजस्तै हो । होन्डुरसका प्राकृतिक संसाधन तथा पर्यावरण मन्त्री जस अन्तोनियो गोल्डेम्सले बिबिसीलाई बताएका छन् कि समुन्द्री तटमा जम्मा हुने फोहोर ओमास नगरपालिकाका अतिरिक्त अन्य मानिसका लागि पनि गम्भीर टाउको दुखाइको विषय बनिरहेको छ ।

यस समस्याबाट एक होइन, कैयौ मानिस हैरान छन् । केही टापुसम्म यो फोहोर पुगिसकेको छ । अमेरिकाको केन्द्रस्थित केही पर्यटकीय स्थलका लागि यो गम्भीर समस्या बनेको छ । मन्त्री गोल्डेम्स भन्छन् फोहोरका कारण मानिस समुन्द्रको किनारामा जानै चाहँदैनन् । किनकि , उनीहरुलाई प्रदुषणबाट डर लाग्छ । समुन्द्रको किनारमा बालुवामा पल्टिनु पनि खतरामुक्त छैन किनकी बालुवामा देखेका सुईले मानिसहरुको ढाडमा घोच्न पनि सक्छ ।

पर्यावरण इन्जिनियर इयान ड्रिस्डेलका अनुसार यो फोहोरले संसारके दोस्रो ठुलो कोरल रिफमा गम्भीर प्रभाव पारिरहेको छ । होन्डुरस र ग्वाटेमालाबीच यो फोहोर कसले फैलाइरहेको छ भन्ने मुद्दालाई लिएर तनाव जारी छ र यो समस्याको कुनै ठोस समाधान पनि निक्लिएको छैन (बिबिसी हिन्दीको समाचार टिप्पणी बिबिसी हिन्दी डट कमबाट)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung