७ जेष्ठ २०८१, सोमबार

 

सुन्दर सिकार गन्तव्य

ढोरपाटन देशको एक मात्र सिकार आरक्ष हो । लेकाली हावापानी क्षेत्रमा पर्ने भएकाले यो क्षेत्र जैविक विविधताका दृष्टिले धनी मानिन्छ । प्राकृतिक भू–सम्पदा, दुर्लभ वन्यजन्तु, वनस्पति एवं पर्या–पर्यटनका दृष्टिले ढोरपाटन महत्वपूर्ण सिकार गन्तव्य हो ।
बागलुङको उच्च हिमाली भू–भागमा अवस्थित धौलागिरि हिमश्रृंखलामै पर्छ ढोरपाटन । म्याग्दी, बागलुङ, डोल्पा र रुकुम गरी चार जिल्लामा फैलिएको छ । यसको कुल क्षेत्रफल १ हजार तीन सय २५ वर्ग किलोमिटर हो । भौगोलिक अवस्थितिका हिसाबले आरक्षको पूर्वपट्टि दारेखानी, झाल्के र लामाभन्ज्याङसम्मका धुरी पर्दछन् । पश्चिमतर्फ चाहि“ खरिवाङखोला, कुल्टाभन्ज्याङ र ज्याङ्लाभन्ज्याङ रहेका छन् । त्यस्तै, दक्षिणपट्टि सुर्तिबाङ र उत्तरगंगा छन् भने उत्तरी सिमानामा पुथा, चरेन र गुर्जा हिमालले आरक्षलाई पहरा दिइरहेका छन् ।
ढोरपाटनको उत्तरपट्टि सदा हा“सिरहेका देखिने हिमश्रृंखलाहरूले मनै प्रफुल्ल पार्छन् । वर्षैभरि ती चुचुरा हिउ“को सेतो फेटा कसेर उभिएका देखिन्छन्, युगौ“देखि । दक्षिणतर्फका केही कम उचाइ भएका हरिया टाकुराहरूले हिउ“दमा मात्रै सेतो फोटा कस्छन् । शिशिरमा ती उजाड देखिन्छन् ।
आरक्षको ठूलो भू–भाग घा“से मैदानले भरिएको छ । भीर र पहराले पनि उत्तिकै स्थान ओगटेका छन् । बा“की भू–भाग खर्क, बुट्यान, जंगल एवं खोलाले ओगटेको छ । आंशिक भाग खेतीयोग्य जमिनका रूपमा पनि प्रयोग भएको खेख्न सकिन्छ । मुख्यतया यहा“ मगर, थकाली, गुरुङ एवं दलित समुदायका मानिसको बसोबास छ ।
०००
ढोरपाटन आरक्ष क्षेत्रको न्युनतम उचाइ २ हजार मिटरदेखि सुरु हुन्छ । अधिकतम उचाइ ७ हजार दुई सय ४६ मिटरको चुरेन हिमालसम्मै फैलिएको हुनाले यस आरक्षमा शीतोष्ण, लेकाली एवं टुन्ड्रा हावापानी पाइन्छ । वर्षातको समय यहा“ जेठदेखि भदौसम्म लगातार पानी परिरहन्छ । कात्र्तिकदेखि बाक्लो तुषारो जम्न हुन्छ र माघ महिनादेखि भने यहा“ लगातार हिउ“ पर्छ ।
वनसम्पदाका दृष्टिले पनि महत्वपूर्ण छ ढोरपाटन । आरक्षको ठूलो क्षेत्रफल खोटो सल्ला, गोबे्र सल्ला, धुपी, भोजपत्र, खर्सुं र गुरा“सजस्ता वनस्पतिले ढकमक्क देखिन्छ । अनेक दुर्लभ वनस्पति र जडिबूटी पनि यहा“ पाइन्छन् । यार्सागुम्बा, पा“चऔंले, जटामसी, निरमसी, बोझो, चिराइतोलगायतका मूल्यवान् एवं दुर्लभ जडिबुटीका लागि पनि ढोरपाटन प्रसिद्ध मानिन्छ ।
दुर्लभ एवं संरक्षित पंक्षीहरुका लागि त ढोरपाटनको महत्व अधिक छ । डा“फे, मुनाल, हिउ“कुखुरा, कोकलास, चिरलगायतका संरक्षित चरा यहा“ पाइन्छन् । त्यस्तै नाउर, घोरल, झारल, रेडपान्डा, हिमाली कालो भालु, हरिणलगायतका संरक्षित एवं दुर्लभ जनावरका लागि पनि यो क्षेत्र प्रसिद्ध छ । यी पशुपंक्षीको अवलोकनका लागि पनि थुप्रै पर्यटकको यहा“ घुइँचो लाग्ने गर्छ । आरक्ष क्षेत्रको पनि सेंग र सुनदह क्षेत्रमा वन्यजन्तुहरुको बसोबास बाक्लो पाइन्छ ।
सोखका लागि सिकार गर्नेदेखि अन्तर्राष्ट्रिय सिकार प्रतियोगितासम्मका लागि ढोरपाटन भरपर्दो सिकार आरक्ष हो । देशविदेशबाट खुंखार सिकारी यहा“ मनोरञ्जन र प्रतिस्पर्धा लड्न समेत आउ“छन् । वर्षेनी राष्ट्रिय निकुञ्ज आरक्ष विभागले टेन्डर आह्वान गरी यस क्षेत्रमा सिकारी पठाउने गर्छ ।
आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइने सिकार आरक्षका प्रमुख अणनाथ बरालले बताए । उनका अनुसार, एउटा नाउर सिकार गर्न सिकारीले तेह्र लाखसम्म खर्च गर्नुपर्छ । सिकारीलाई लाइसेन्सदेखि लिएर सिकार खेल्न लाग्ने सबै रकम लिने काम विभागको हो । ढोरपाटनमा सिकारका लागि कात्र्तिक–मंसिर र वैशाख–जेठ महिना उत्तम मानिन्छ ।
ढोरपाटन भरपर्दो धार्मिक गन्तव्य पनि बन्न सक्छ । आरक्ष कार्यालयबाट एक किलोमिटर दूरीमा देउरालीनजिकै उत्तरगंगा र ढोरवराह थान छन् । जहा“ धार्मिक पर्यटकहरूको ठूलो घु“इचो लाग्छ । वैशाख पूर्णिमा र जनै पूर्णिमामा यहा“ मेला पनि लाग्छ । मेला भर्न बागलुङ, म्याग्दी, रोल्पा, रुकुम, गुल्मी, बुटवललगायतका जिल्लाबाट हजारौ“ श्रद्घालु भक्तजन आउ“छन् ।
यहा“का छेल्तुङ गुम्बा, एकखुट्टे गुम्बा, पाखाथर गुम्बा, सल्लाथान देवी, मैकोटको कोट, गुर्जाखानीको बराहथान, चिसापानी, भण्डारी गाउ“को सिमबराह पनि महत्वपूर्ण धार्मिक स्थल हुन् । त्यस्तै, पुख हिमाल, गुर्जा हिमाल, सिस्ने हिमाल, सुनदह, जाल्पाताल, रुद्रतालजस्ता अन्य धार्मिक एवं पर्यटकीय स्थल पनि यहा“का पहिचान हुन् ।
ढोरपाटन क्षेत्रको भ्रमणका लागि पूर्व, पश्चिम, उत्तर, दक्षिण सबै दिशाबाट यहा“ पुग्न सकिन्छ । हाल बागलुङ–बुर्तिबाङ–ढोरपाटन, बेनी–दरवाङ–मुना–ढोरपाटन, बुटवल–गुल्मी–बुर्तिबाङ–ढोरपाटन गरी विभिन्न मार्ग विस्तार भइ रहेका छन् । त्यस्तै रुकुम, डोल्पा र प्युठानबाट पनि पर्यटकीय मार्ग ढोरपाटनसम्म तानिएका छन् ।
विकास र पूर्वाधारका दृष्टिले पनि यो क्षेत्रको महत्व बढ्दै गएको देखिन्छ । निर्माणाधीन बहुचर्चित मध्य–पहाडी लोकमार्गले पनि ढोरपाटन सिकार आरक्ष छोएर जान्छ । यस क्षेत्रमा सरकारले ३ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको अध्ययन समेत गरिरहेको छ । आरक्षको बाटो भएर डोल्पा, हुम्ला, जुम्ला जाने विदेशीको संख्या पनि हिजोआज बढ्दै जान थालेको छ । चर्चित गुरिल्ला पदमार्गस“ग पनि ढोरपाटन जोडिएको छ ।
आरक्षको पूर्वी सिमानाको जलजला क्षेत्र क्याम्पिङका लागि उपयुक्त स्थान हो । यहा“बाट यस क्षेत्रका विभिन्न भू–प्राकृतिक दृश्यको अनुपम दृश्यावलोकन गर्न सकिन्छ । हवाई मैदान भए यहा“ हवाइजहाज पनि आउदैन । ०४४ देखि नै हवाइ सेवा बन्द छ ।
०००
आरक्ष क्षेत्रभित्रका छ्यान्तुङ, गुर्जाखानी, लम्सुङलगायतका क्षेत्रलाई क्याम्पिङ साइटको रुपमा विकास गर्न स्थानीय आमा समूह सक्रिय छन् । वनस्पति तथा वन्यजन्तु अध्ययन–अवलोकन गर्न आरक्ष उपयोगी छ ।

ठाउ“–ठाउ“मा होटल, लजलगायत पर्यटन पूर्वाधार बनाउने काम भइरहेको छ । अब खा“चो छ त केवल– यस क्षेत्रको पहिचान र प्रवद्र्धनका लागि सरकार र सरोकारवाला पक्षहरुको सक्रियताको । यति भएमा ढोरपाटन देशकै एउटा नमूना क्षेत्र बन्ने नि

श्चित छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसले आफ्नो महत्व बढाउदै लैजानेमा शंका छैन ।
काठमाडांैबाट आउने पर्यटकका लागि पोखरा, बागलुङ, बुर्तिबाङ, बोवाङको मोटरबाटो हु“दै ढोरपाटन पुग्न सजिलो छ । यहा“का अधिकांश ग्रामीण क्षेत्रमा बर्खायाममा भने यातायात नियमित हुदैनन् । रुकुम र म्याग्दीको सदरमुकाम बेनीदेखि पैदल यात्रा गर्ने हो भने आरक्ष पुग्न ३ देखि ४ दिनको समय छुट्याउनै पर्छ । यसबाहेक आरक्षका विभिन्न सिकार ब्लकहरुको सीमाक्षेत्रको बाटो प्रयोग गरेर पनि ढोरपाटन पुग्न सकिन्छ ।

[email protected]/fb.com

प्रतिक्रिया दिनुहोस्