४ श्रावण २०८३, सोमबार

 

सिवाईसी बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानीत

बागलुङ रहको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा सम्मानीत भएको छ ।बिहीबार आन्तरीक राजस्व कार्यालय पोखराले आयोजना गरेको छैठौं राष्ट्रिय कर दिवस २०७४ को समापन समारोहका अवसरमा सिवाईसी बचत तथा ऋण सहकारी संस्थालि. बागलुङलाई जिल्लाबाट उत्कृष्ट कर सहभागिता जनाएकोमा सम्मान गरेको हो । संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेललाई कार्यक्रमका प्रमुख अतिथी क्षेत्रीय प्रशासक लक्षमण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी, कास्की जिल्ला न्याधिश र आन्रीक राजस्व कार्यालय पोखराका कर अधिकृतले संयुक्त रुपमा सम्मान–पत्र र दोसल्लाबाट सम्मान गरेका थिए ।

संस्थालाई करदाता सेवाकार्यालय बागलुङले मङ्सीर १ गते सम्पन्न राष्ट्रिय कर दिवसका अवसरमा बागलुङबाट उत्कृष्ट करदाताको रुपमा घोषित गरेको थियो । प्रदेश नं. ४ कै उत्कृष्ट सहकारीको रुपमा आफ्नो छवि स्थापितगर्न सफल संस्थाले आ.व. ०७२/७३ मा मात्र रु. ६१ लाख राजस्व सरकारलाई बुझाएको छ । यस अगाडि आ.व. ०७०/०७१ मा पनि बागलुङ जिल्लाबाट सबैभन्दा बढि कर सहभागिता गरेकोमा आन्तरीक राजस्व कार्यालय पोखराबाट सम्मानीत भईसकेको थियो । आन्तरीक राजस्व कार्यलय पोखराको क्षेत्राधिकार पर्ने १० जिल्लाका विभिन्न संघ संस्था र व्यक्तिहरु गरी १० जनालाई बिहीबार सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung