
लामो समय वैदेशिक रोजगारीमा जादा समेत ऋण तिर्न नसकेर हैनार खेपिरहेका बाग्लुङ ढोरपाटन नगरपालिका वडा नं ८ र ९ बोबाङका पाँचजना युवाहरु यस वर्षदेखि आफ्नै गाँउमा स्थानीय स्तरमा उत्पादित ढोरपाटनको आलु उत्पादन र बजारीकरणमा लागेसँगै मनग्य आम्दानी गर्दै आर्थिक क्षेत्रमा सवल बन्दै जान थालेका छन् ।
विगत ६ वर्षसम्म कतार बसेर ऋण तिर्न नसकेपछि २ वर्ष काठमाण्डौमा तरकारी पसल गर्दै आएका बोबाङका चिरन घर्ति यस वर्ष गाउँमै केहिगर्न सके पैसा कमाउन कठिन छैन भन्ने सिद्धान्तलाई लिएर फर्किएर चारजना आफु जस्तै युवाहरुसँग सहयात्रा गरेर ढोरपाटनमा उत्पादित आलुलाई बजारीकरण र व्यवसायिक गर्ने गरि ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समिति गठन गरि सक्रिय रुपले व्यवसायीक रुपमा अगाडि बढेका छन ।
गत असोज महिनादेखि ढोरपाटन क्षेत्रमा उत्पादित आलु खरीद गर्ने, बिक्री गर्ने र स्थानीय युवाहरुलाई समेत रोजगार दिएर हाल मासिक पाँच जनाको समुहले १ लाख मुनाफा हासिल गर्ने गरेको र प्रति व्याक्ति न्युनतम आफ्नै ठाउँमा बसेर २० हजार कमाई हुने गरेको समितिका सचिव होमलाल भुसालले बताए । ‘पटक पटक साउदी कतार गरी ५ वर्ष बसियो तर आफु वैदेशिक रोजगारीमा जाँदाको ऋण तिर्न समेत कठिन भयो ।
यता गाँउको जग्गा बाँझो बन्ने बाहिरी क्षेत्रका व्यापारीले ढोरपाटनको आलु बेचेरै राम्रो कमाई गरेको देख्दा आफुलाई पनि आफ्नै ठाउँमा केहि गर्न सकिन्छ भन्ने अठोटका साथ यो अभियानमा लागेको’ समितिका सदस्य रेशमबहादुर पुनले बताए । उक्त समुहले असोज पहिलो सातादेखि मंसिर दोश्रो सातासम्म पाँचसय कुईन्टल आलु खरिद बिक्री गरीसकेका छन । अझै एक हजार कुईन्टल बिक्री गर्ने गरी स्थानीय कृषकहरुबाट खरिद गरेको र वर्ष भरीनै आलु, स्याउ, सिमी, च्याउ, आर्गनीक तरकारी बुर्तिबाङ बजारदेखि बिक्री गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको समितिका अध्यक्ष चिरन घर्तिको भनाई छ ।
विभिन्न स्थानमा ठक्कर खाएपछि अब दिगो रुपले यहि पेशालाई अंगाल्दै ढोरपाटन बोबाङ क्षेत्रको उर्वर भुमिलाई बाँझो नराख्ने पाँच वर्षमा त्यस क्षेत्रका पचास जना युवालाई कृषि प्रणालीबाटै रोजगार दिने गरी आफुहरु सक्रिय पुर्वक अगाडि बढिरहेको बताए । यस वर्ष नेपाल बैंकबाट कर्जा लिएर २२ लाख पचास हजारमा आलु ओसारर्ने ट्याक्टर र आफुहरु विभिन्न स्थानमा पुग्नका लागि २ लाख ५० हजारमा मोटरसाईकल समेत खरिद गरेको सचिव होमलाल भुसालको भनाई छ ।
समुहमा स्थानीय खेम पुन समेत छन् । उनी पनि विगत ४ वर्षदेखि साउदी र कतारमा काम गरि ऋण तिर्न नसकेर घर फर्किएका थिए । त्यस्तै हिराबहादुर घर्ति र समितिका सचिव होमलाल भुसाल भने गाउँघरमै कृषि कार्य गर्ने गरे पनि व्यवसायि र समुहसँग नभएका कारण असहजता भएको अवस्थामा अहिले समुह निर्माण गरी व्यवसायिक रुपले अगाडि बढ्दा धेरै सन्तुष्ट भईरहेको बताए ।
स्थानीय कृषहरुका अनुसार विगतका वर्षमा ढोरपाटनमा आलु उत्पादन गर्ने कृषकलाई बजारसम्म पु¥याउन बढो मुस्किल पर्ने गरेको थियो । यस वर्ष समितिले घर घरमै पुगेर आलु खरिद गर्ने र हातैमा पैसा बुझाउन थालेपछि आफुहरु सुखी भएको समितिले जनाएको छ । ढोरपाटनको अर्गानीक आलु बागलुङको बुर्तिबाङ, खर्वाङ, गलकोट, बाग्लुङ बजार, पोखरा, काठमाण्डौ, गुल्मीका अधिकांस बजार तथा गाउँ, बुटवल लगाएतका स्थानमा आफुहरुलेनै पु¥याउने गरेको र बजार माग समेत राम्रो रहेको समितिका अध्यक्ष घर्तिले बताए ।
आफुहरुको यस वर्ष तीन हजार कुईन्टल आलु बजारीकरण गर्ने लक्ष्य रहे पनि अन्य व्यवसायीले गाउँमै पुगेर १ हजार कुईन्टल बढि आलु लगि सकेका कारण आफुलाई केहि समस्या भएको बताउदै अर्काे वर्षदेखि राज्यलाई कर तिर्ने ,कृषकलाई सन्तुष्टि दिने तर आफुहरुको दर्ता भएको कृर्षि समुहलेनै एकमुस्ट रुपमा ढोरपाटनमा उत्पादित आलु, स्याउ, सिमीको बजारीकरण गर्ने तयारी भईरहेको उनिहरुको भनाई छ ।
हालसम्म ढोरपाटन नगरपालिका, जिल्ला कृर्षि विकास कार्यलय बाग्लुङ लगाएत कुनै निकायबाट पनि सहयोग नभएका कारण ति निकायबाट समेत आवश्यक सहयोगको अपेक्षामा रहेको बताउदै कृषि पेसालाई व्यवस्थित गर्नका निम्ति सुरुवाती चरणमा आर्थिकको केहि समस्या हुने गरेको र युवा पिँडिलाई कृषिमा आर्कषित गराउन सके देश, समाज र युवा वर्गको समृद्धि हुने उनीहरुको भनाई छ ।