
नेपाल पत्रकार महासंघ कास्कीको भवनमा रु ८ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवं तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो केन्द्रमा ९ कम्प्युटर, फोटोकपी मेसिन, स्क्यानर, प्रोजेक्टर लगायत विभिन्न सामग्री छन्।
सो नवनिर्मित केन्द्रको महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै पत्रकार उपचार कोषका लागि सोच बनाएको जानकारी दिए।
महानगरमा दुई दर्जनभन्दा बढी रेडियो, एक दर्जन दैनिक पत्रिका, चार वटा टेलिभिजन लगायत दर्जनौं साप्ताहिक, पाक्षिक र मासिक पत्रिका सञ्चालन हुँदै आएको पत्रकार महासंघ कास्कीका पूर्व सभापति पुण्य पौडेलले जानकारी दिए।
पत्रकार महासंघमा हाल ३१० सदस्य छन्।
नेपाल लाइभबाट