
मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका–७ मल्मको १० औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले छुमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिदत्त गौतम, सचिवमा तुलबहादुर थापा, र कोषाध्यक्षमा थुम कुमारी थापा चयन भएका छन । समितिको सदस्यहरुमा टिकाबहादुर थापा, लोकबहादुर थापा, यमबहादुर थापा, हेमबहादुर भण्डारी, पदमा थापा र टेकनाथ गौतम रहेका छन ।
त्यस्तै विष्णुप्रसाद गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा डोलबहादुर केसी र घनश्याम चालिसे रहेका छन । त्यसैगरी टिकाबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय ऋण समिति चयन गरिएको छ । समितिको सदस्यमा भविन्द्र गौतम र प्रबन्धक सन्त भण्डारी रहेका छन । हरिदत्त गौतमको संयोजकत्वमा ३ सदस्यीय शिक्षा समिति चयन गरेको छ । सो अवसरमा संस्थाको प्रगति प्रतिवेदन र ६ करोड २३ लाख ४ हजार ५ सय ३० आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
समितिको सदस्यमा भरत केसी र प्रेमबहादुर थापा रहेका छन । सो अवसरमा असल ऋणि, असल बचतकर्ता, नियमित बचतकर्ता, ज्येष्ठ नागरिक सेयर सदस्य, असल बाल बचतकर्ता लगायतलाई अभिनन्दन गरिएको थियो । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गलकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष टंक चालिसे, हरियाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक टिकाराम कँडेल, मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सेयर सदस्य शुशिला गौतमले शुभकामना मन्तव्य गराखेकि हुन ।
कार्यक्रम संस्थाका अध्यक्ष रामबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष छुमबहादुर थापाको स्वागत र सचिव हरिदत्त गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।