गलकोट नगरपालिका–१० पाण्डवखानीमा दुई दिने व्यवसायिक तरकारी खेती तालिम आईतबारदेखि सुरु भएको छ । कृषकहरुलाई तरकारी खेतीमा आकर्षण गर्न तालिमको आयोजना गरेको बताईएको छ । तालिम सोमबार सकेने छ ।
गलकोट नगरपालिका कृषि शाखाले संचालन गरेको तालिमको पहिलो दिन हावा, पानी र माटो अनुसार कसरी तरकारी लगाउने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिममा गलकोट नगरपालिका–१० अध्यक्ष तिलक घर्तीको उपस्थितीमा भएको हो । तालिम गलकोट नगरपालिका कृषि खाशाका प्राविधिक डम्बरनारायण दाहालेले सहजिकरण गरेका हुन । तालिममा ३० जना कृषकहरुको सहभागिता रहेको थियो ।













































































































































































































