५ कार्तिक २०८३, बुधबार

 

जोशीले बाँढे विद्यालयमा पुगेर न्यानो कपडा

पर्वतको कुश्मा नगरपालिका–५ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत ९४ जना विद्यार्थीलार्ई न्यायो कपडा वितरण गरिएको हो । यहाँ अधिकांश श्रमिकका बालबालिका अध्यायनरत छन् ।  बालबालिका मध्ये ८० प्रतिशत भन्दा बढि विद्यार्थी दलित समुदायका छन् । समाजसेवी तथा शिक्षा विध डाक्टर चुडामणि शर्माको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुईटर र टोपी वितरण गरिएको हो ।

शर्मा नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष समेत हुन । त्यस्तै आईतबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा निर्वतमान सांसद अर्जुनप्रसाद जोशीले विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका हन । न्यानो कपडा वितरण गदैै जोशीले गरिब, दुखी र दलित समुदायका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन यस्ता कार्यक्रमले थप टेवा पुग्ने बताए । उनले दलित तथा श्रमिकका बालबालिकालाई निशुल्क शिक्षाको गारेण्टी हुनुपर्नेमा जोड दिए ।

अझै पनि अधिकांश बालबालिका शिक्षाको मुलधारबाट बाहिर रहेको बताउँदै नेता जोशीले सबैको पहल र सहयोगमा बालबालिकालाई शिक्षाको परिधिभित्र ल्याउन आफुले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष चित्रकला शर्मा भारती, कुश्मा नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्री, समाजसेवी मानकुमारी गिरी लगायतले मन्तव्य राखेका थिए ।

बालमन्दिर प्राथमिक विद्यालयका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक प्रेम शर्माले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung