४ श्रावण २०८३, सोमबार

 

३ महिने ब्युटि पार्लर तालिम

बागलुङका महिलाहरुलाई आत्म निर्भर बनाउनका लागि महिला हित संरक्षण समूह बागलुङको आयोजना र सिप विकास तालिम केन्द्र पर्वत को सहयोगमा बुधबारदेखि बागलुङमा ३ महिने ब्युटि पार्लर तालिम शुरु भएको छ । २३ जना महिलाहरु उत्साहपूर्ण रुपमा सहभागी जनाएका छन । ३ महिनासम्म चल्ने प्रशिक्षक ब्युटिसियन पार्वती अधिकारीले बताईन ।

कार्यक्रममा बोल्दै महिला हित संरक्षण समूहकी अध्यक्ष खड्ककुमारी खड्का ले यस तालिमबाट सहभागी महिलाहरुको आत्म निर्भतामा टेवा पुग्ने र आय आर्जनको लागि ठुलो भुमिका खेल्ने बताईन । कार्यक्रममा पार्वती अधिकारी, सन्तु खड्का लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम महिला हित संरक्षण समूह बागलुङको अध्यक्ष खड्ककुमारी खड्काको अध्यक्षता, सिप विकास तालिम केन्द्र पर्वतका सह–प्रमुख लक्ष्मीप्रसाद शर्माको प्रमुख आतिथ्यता, आयोजक संस्थाका सदस्य सन्तु खड्काको स्वागत तथा सचिव सावित्री के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung