७ जेष्ठ २०८१, सोमबार

 

पञ्चकोटको शिस महलबाट करिब ७ लाख आम्दानी

बागलुङ नगरपालिका–८ पञ्चकोटमा निर्माण भएको शिस महल यतिबेला सबै पर्यटकको राम्रो गन्तव्य बन्दै गएपछि यसबाट राम्रो आम्दानी हुन थालेको छ । स्वामी कमलनयन आचार्यले १ सय ८ फिट अग्लो शान्ति कलश बनाउने भनि थालनी गरेको पञ्चकोटमा पर्यटनलाई लक्षित गरि शिस महल बनाएपछि यहाँ आउने पर्यटक रू ५० को प्रवेश टिकट काटेर शिस महलको अवलोकन गर्न थालेपछि अहिलेसम्म ६ लाख ९१ हजार रूपैयाँ संकलन भैसकेको पञ्चकोट समितिका अध्यक्ष नगेन्द्रराज शर्माले बताए ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सव को अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई पञ्चकोटसम्म जानको लागि यातायात व्यवसायीसँग मिलेर यातायातको प्रबन्ध मिलाएको कारणले पनि यसपटक पञ्चकोट जाने पर्यटकको संख्या बढि हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्