७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ महोत्सवको तयारी पूरा, एनआरएन अध्यक्ष भट्टले उद्घाटन गर्ने

पाचौं बागलुङ महोत्सवको तयारी पुरा भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा महोत्वस शुक्रबार १४ गतेदेखि २३ गतेसम्म संचालन हुन लागेको हो । महोत्वसको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको जानकारी दिईएको हो । कला संस्कृतिको संरक्षण कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन भन्ने मुल नाराका साथ महोत्वस हुन लागेको छ । प्रदेश नम्बर ४ स्तरीय बागलुङ महोत्सवको रुपमा लिईएको छ ।

बागलुङ बजारका चोक चोक मा स्वागत गेट, तुल व्यानर राखिएको छ । धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणको हुन लागेको महोत्वसको तयारी पुरा भईसकेको उद्योग वाणिज्य सघंका अध्यक्ष जयराम भारीले जानकारी दिए । महोत्सवका लागि भौतिक संरचना निर्माणका काम सकिएको छ । बागलुङ महोत्सवको उद्घाटन गर्न शुक्रबार गैर आवासीय नेपाल संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्टले गर्ने भएका छन ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, ७५ हजार राशीको खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्धारा सांगीतिक कार्यक्रम, डिजे लाइभ कन्सर्ट, लाइट हेलीबाट पर्यटकीय स्थलहरुको अवलोकन, ऊट नाँच मुख्य आकर्षणको रुपमा राखिएको छ ।

करिब ८० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको अध्यक्ष भारीले बताए । ९० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा १० करोड भन्दा बढीको कारोवार हुने आँकलन छ । ‘नयाँ संघिय अभ्यास पछि पहिलो पटक हुने महोत्सवले स्थानीय पर्यटकीय स्थलको प्रचार प्रसार तथा व्यवसायिक गतिविधि बढाउन महत्वपूर्ण सहयोग पुग्नेछ,’ अध्यक्ष भारीले भन्नुभयो, ‘आर्थिक गतिशिलता र व्यवसायिक सोचमा पनि अभिवृद्धि हुनेछ भन्ने हाम्रो अपेक्षा छ ’ ।

यसपालिकाको महोत्सवमा नयाँ विशेष अभियानको रुपमा महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सदरमुकाम नजिकै रहेको प्रसिद्ध कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होम–स्टे गाउँ भकुण्डे लगायतका पर्यटकीय सम्भावना बोकेका स्थानमा सहज र सुलभ रुपमा घुम्ने घुमाउने व्यवस्था पनि गरिएको सघंका महासचिव दयाराम पौडेलले बताए ।

स्वामी कमलनय आचार्यको पहलमा बागलुङ नगरपालिका ६ मा निर्माण गरिएको सर्वसिद्धिधाम पञ्चकोटमा अहिले बिभिन्न जिल्लाका साथै भारतबाट समेत धार्मिक पर्यटक दैनिक दर्जनौको संख्यामा जाने गरेका छन् । विगतका वर्षमा बागलुङको प्रशिद्द पर्व चैत्राष्टमी मेलाको समयमा हुदै आएको महोत्सव यो वर्षदेखि पहिलो पटक पुस महिनामा गर्न लागिएको छ ।

महोत्वसम एक सय ८२ वटा व्यापारीक स्टल राखिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि लाईट हेलीबाट विभिन्न पर्यटकीय स्थानहरुको अबलोकन गराउने समेत तयारी भैरहेको बताईएको छ । महोत्वसमा आउने पर्यटकलाई पञ्चकोट र भकुण्डे लगायतका धार्मिक एवं पर्यटकिय स्थान सम्म पुयाउने निर्वतमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए ।

महोत्सवको मुख्य आर्कषणको रुपमा उटको नृत्य, बागलुङका मौलिक झा“की प्रर्दशनी, स्थानीय उत्पादनको प्रबद्धन, मनोरन्जनात्मक कार्यक्रम, राष्ट्रिय कलाकार ,भलिवल ,रमाइलो मेला लगाएका बन्ने भएका छन । मेलामा खुल्ला लोक दोहोरी प्रतियोगिता लाईभ डिजे कन्र्सट तथा भलिवाल र ठेलो समेत हुने भएको छ । महोत्सव अवधिभर ६० भन्दा बढि राष्ट्रिय एवं स्थानिय कलाकारहरुको प्रस्तुती रहने भएको छ । महोत्वसको पहिलो दिन इन्डेल आइडल प्रशासन्त तामाङको प्रस्तुती रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्