७ जेष्ठ २०८१, सोमबार

 

‘बागलुङ महोत्सव लगानी भित्र्याउने समय’–ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले बागलुङ महोत्सव बागलुङमा लगानी भित्र्याउने समय भएको बताएका छन । बागलुङ उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको महोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन ।

त्यस्तै बागलुङ कल्याण समाज काठमाडौका अध्यक्ष सुमन शाक्यले बागलुङमा आफुहरुले हरेक क्षेत्रमा सहयोग गर्दै आएको र अझै गर्दै जाने बताएका छन । उनले बागलुङको शिक्षा, स्वास्थ्य लगाएको क्षेत्रमा सहयोग गर्दै आएको र अबका दिनहरुमा पनि गर्दै जाने बताए । सोहि कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले बागलुङको हरेक क्षेत्रको विकास गर्न पहिल्यै पछि नहट्ने बताए । उनले बागलुङको पर्यटकिय, धार्मिक लगाए अन्य महत्वपूर्ण वस्तुहरुको विकास गर्ने बताए ।

त्यसैगरी बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले बागलुङमा भएका कृर्षि, पर्यटन, कला, संस्कृतिको संरक्षणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका उध्यक्ष जयराम भारीले महोत्सवमा उपस्थित भएका सबै लाई स्वागत गरेका हुन ।

कार्यक्रममा बिभिन्न झाँकी प्रदर्शनी हो । धौलागिरी बहुमुखी क्याम्पसदेखि समिट चोक, लोकतान्त्रीक चोक, धौलागिरी चोक, लालिगुराँस चोक हुँदै बजार परिक्रममा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्