बागलुङमा रहेको एकता सहकारी संस्था लिमिटेडले ६८ लाख खुद मुनाफा गरेको छ । सहकारीको १९ औँ साधारण सभामा कोषाध्यक्ष सुरेन्द्र जंग राजभण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ६८ लाख ६ हजार ६ सय ४ रूपैया मुनाफा भएको उल्लेख छ ।
९६ करोड ९० लाख ३७ हजार ४ सय ३७ रूपैया कारोबार भएको अध्यक्ष धुव शर्माले बताए । संरक्षकहरू देवबहादुर श्रेष्ठ र पद्यचन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक समितिका सदस्य रामबहादुर जिसी, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सदस्य चण्डी शर्मा, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरिषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष धुव शर्माको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष सिता शर्माले स्वागत र संचालन सचिव महेशचन्द प्रधानले गर्नु भएको थियो ।













































































































































































































