बागलुङ महोत्सवमा नयाँ विश्व डटकमले राखेको स्टलबाट गलकोट नगरपालिका वडा नं ७, मल्मको सिरवारे बाल विकासमा अध्ययन गर्ने विपन्न दलित बालवालिकाको शिक्षाको उज्जवल भविष्यको लागि पहिलो दिनमा नै १० हजार सहयोग उठेको छ । स्टल अवलोकन गर्न आउने शिक्षापेमी, समाजसेवी , व्यवसायी र सर्वसाधारण नागरिकहरूले पवित्र मनले सहयोग गरेको नयाँ विश्व डटकमका सम्पादक निर्मलबहादुर श्रेष्ठले जानकारी दिए ।
मल्मको सिरवारे बस्तीमा बाल विकास नहुदा बाल वालिकाहरू धुलो, माटो खेलेर बस्ने गरेको सिरवारे आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छविलाल विकले बताए । बाल विकास संचालन आएपछि १५ जना बाल वालिकाहरू रमाउदै, नाच्दै पढने गरेको सिरवारे बाल विकास केन्द्रका सदस्य ज्ञानबहादुर थापाले जानकारी दिए । 
स्टलमा उठेको सहयोग रकमले सहजकर्ताको तलव र बाल विकासको संस्थागत विकासमा खर्च गरिने नयाँ विश्व डटकमको मुख्य बजार व्यवस्थापक गगनबहादुर पुनले बताए । महोत्सव अवधिभर बाल विकासको लागि राम्रो सहयोग संकलन हुन नयाँ विश्व डटकमका व्यवस्थापक राज थापाले जानकारी दिए ।





































































































































































































